नारायणहिटी हत्या काण्डको २ दशक पुरा: नेपालगञ्जको धम्बोजी चौकमा झडप

नेपालगञ्जको धम्बोजी चौकमा बिहिबार बिहान पूर्व राजा स्वर्गिय बीरेन्द्रको शालिक राखेको केही समयमै प्रहरीले हटाएको छ । सोही क्रममा केही अराजक ब्यक्तिहरुले नेपालगञ्जको न्युरोड स्थित जन-आन्दोलन शहिद सेतु वि.क.को मुर्ति फोड्दै गर्दा प्रहरीले १ जना युवकलाई नियन्त्रणमा लिएको छ ।

जन-आन्दोलन शहिद सेतु वि.क.को फोडिएको मुर्ति ।

 

 

१९ जेष्ठ, नेपालगञ्ज/  नारायणहिटी राजदरबारमा हत्या काण्डमा राजा बीरेन्द्रको बंश बिनाश भएको दिनको अवसर पारेर बिहिबार बिहान नेपालगञ्जको धम्बोजी चौकमा स्वर्गिय बीरेन्द्रको मुर्ति राख्ने क्रममा सुरक्षाकर्मि र राप्रपा कार्यकर्ता बीच झडप भएको छ ।

राप्रपा नेपालका कार्यकर्ता उपस्थित  धम्बोजी चौकमा बीरेन्द्रको मुर्ति एक्कासी  स्थापना गरि संबिधान बिरोधी नारा समेत लगाउने क्रममा प्रहरीले कार्यक्रममा हस्तक्षेप गरि नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मिमाथी ढुंगामुढा भएपछी प्रहरीले लाठी चार्ज र केही राउण्ड हवाई फायर गरेको थियो ।

घटना स्थलबाट तितर-बितर समूहले नेपालगञ्जको सेतु बिक चौकमा रहेको जनआन्दोलनकी शहिद सेतुको मुर्तिमा फलामको हथौडाले तोडफोड गर्न थालेपछी प्रहरीले ति अराजक ब्यक्तीहरुलाई नियन्त्रणमा लगेको छ । सुरक्षाकर्मिहरुले जबरजस्ती धम्बोजी चौकमा स्वर्गिय बीरेन्द्रको मुर्ति त्यहाबाट हटाएर अन्य सुरक्षितरुपमा राखिएको बांके प्रहरीका प्रवक्ता एवम निमित्त प्रमुख मधुसुदन न्यौपानेले जानकारी दिनुभएको छ । घटनामा हाल शसस्त्र प्रहरी परिचालित गरि नियन्त्रणमा रहेको पनि न्यौपानेले बताउनु भएको छ ।

उक्त घटनाको भिडियो क्लिप्स..

 

सम्बन्धित शीर्षक