बाँकेमा कोरोना कहर: बाँकेका ३७ र बाहिरी जिल्लाका ४० जना गरी ७७ जनाको मुत्यू

३ मंसिर, नेपालगञ्ज/ पछिल्लो २४ घण्टा भित्र बाँकेमा ३ जना कोरोना संक्रमित व्यक्तिहरूको मृत्यु भएको छ ।

कोरोना संक्रमित भइ नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पताल नेपालगञ्जमा उपचार गराई रहनुभएका दाङका २ जना र बाँकेका १ जना गरी ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने हरुमा बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ तिनघरुवाका ५८ वर्षीय १ जना पुरुष हुनुहुन्छ । उहाँ बिरामी भई उपचारको क्रममा गत कार्तिक २९ गते पिसिआर परिक्षण गरिएकोमा कार्तिक ३० गते साँझ ४ वजे कोरोना संक्रमन पुष्टी भएको थियो।

संक्रमन पुष्टी भएपछी उहाँ होम आइसोलेसन वस्नु भएकोमा मंसिर २ गते विहान श्वास प्रश्वासमा समस्या भएपछी उपचारको लागि कोहलपुर स्थित मेडिकल कलेजमा रहेको कोरोना वार्डमा भर्ना गरेर आवश्यक सहयोगी उपचार सुरु गरेकोमा थप जटिलता भएपछि उपचारको निम्ति भेरी अस्पतालमा रहेको कोरोना वार्डमा उपचार गर्ने क्रममा मंसिर २ गते साँझ ५:१० मा अस्पतालमा पुर्‍याइएको मा ५ः१५ मा उहाँको मृत्यु भएको भेरी अस्पतालले जनाएको छ।

त्यसैगरी दाङको घोराही उप-महानगरपालिका वडा नम्बर १५ का का ७५ वर्षीय पुरुष मंसिर २ गते विहान १०:२० वजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

घोराही उप-महानगरपालिका वडा नं १७ का ७९ वर्षीय १ जना पुरुषको पनि मंसिर ३ गते विहान २ वजे कोहलपुर स्थिति मेडिकल कलेजमा मृत्यु भएको छ।

यसरी पछिल्लो २४ घण्टा नपुग्दै बाँकेमा ३ जना ब्यक्तीको कोरोना संक्रमणका कारण मुत्यू भएको बाँके जिल्ला कोरोना क्राइसीस व्यवस्थापन समितिका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभएको छ।

हालसम्म बाँके जिल्लामा वाहिरी जिल्लाबाट कोरोना संक्रमित भइ उपचारको लागि आउनुभएका ४० जनाको र बाँके जिल्लाको मात्र ३७ जना गरी वुधवार विहान सम्म ७७ जनाको मुत्यू भइसकेको छ ।

भेरीमा ३१ जना र मेडिकल कलेजमा १३ जना गरी वुधवार  विहान सम्म ४४  सिकिस्त ५१   जना मध्यम खालका कोरोन संक्रमितहरुको उपचार भइरहेको छ।