थारु गायक परियारको धमाकेदार कहाँ जाइटो गोरी सार्वजनिक

भगतराम थारु, १९ असोज,नेपालगन्ज/
थारु गायक विश्वसागर परियारको अर्को धमाकेदार गित बजारमा आएको छ ।

थारु गित-संगितलाई माया गर्ने थारु गायक परियारले थारु डिजे गित कहाँ गाइटो गोरी लचकाइके कमरिया चढला जवानी तु तिरछी नजरिया बोलको गित बजारमा ल्याउनुभएको छ ।

पछिल्लो समयमा गायक विश्वसागर परियारले चर्चित थारु गीतमा स्वर दिएर चर्चामा हुनुहुन्छ । भर्खरै गायक परियारको जुग्नी चम्के रातमे मै तुहार साथमे भन्ने बोलको गीतले चर्चामा पाएका परियारले थारु बोलको गितले थुप्रै गितमा स्वर दिइ सक्नुभएको छ ।

कहाँ गाइटो गोरी लचकाइके कमरिया चढला जवानी तु तिरछी नजरिया बोलको गितमा स्वर विश्वसागर परियार र सुमन चौधरीले दिनुभएको छ ।

पछिल्लो समयमा गायक परियारले चर्चित थारु गीतहरुमा स्वर दिएर चर्चा कमाउन सफल हुनुभएको छ । डिजे गाना पहिलो चोटी निकालेको गायक परियारले बताउनुभयो । गित सार्वजनिक भएको छ अवको केही दिनमै भिडियो समेत सार्वजनिक गर्ने गायक परियारले बताउनुभयो । गितको मोडेलमा नेपालगन्जको राजकुमार चौधरी र मोडलिङमा मिना चौधरी रहने गायक परियारले बताउनुभयो ।

यस्तै कोरियोग्राफीमा प्रदिप थारु र क्यामरामा रामु चौधरीले साथ दिनेछन् । गायक परियारको यस लगत्तै बजारमा आउन लागेको बोलको गित कहो न का तुहिन कर्ना विचार बा र टेल्लार बोली बोल्के दिवाना बनैलो काजे छैली तु महिन विचमा छोर्लो बोलको गीत लगत्तै आउने तयारीमा रहेको गायक परियारले बताउनुभयो ।

सम्बन्धित शीर्षक