नेपालगञ्जमा कोरोना कहरः बरिष्ठ फुटबल प्रशिक्षक श्याम श्रेष्ठ सहित हाल सम्म ७२५ जनाको मृत्यु

९ भदौ, नेपालगञ्ज/ राष्ट्रिय खेलकुद परिषदका पूर्व बरिष्ठ फुटबल प्रशिक्षक तथा अधिवक्ता श्याम श्रेष्ठको हिजो मंगलबार सांझ काठमाण्डौंको महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

नेपालगञ्ज उप–महानगरपालिका वडानम्बर १० आदर्शनगरका श्रेष्ठ लामो समय देखी फुटबल प्रशिक्षणका अतिरिक्त  समाज सेवा क्षेत्रमा पनि सक्रिय रहदै आउनु भएको थियो । फुटबल प्रशिक्षक श्याम श्रेष्ठलाई केही अघि बिरामी भई उपचारको लागि नेपालगञ्ज स्थित मेडिकल कलेजमा चेकजांचको क्रममा कोरोना संक्रमण देखिएकोले थप उपचारको लागि काठमाण्डौं स्थित शिक्षण अस्पतालमा उपचाररत रहनु भएको थियो ।

कोरोनाका कारण बांकेका चिकित्सक, लेक्चर, पत्रकार, राष्ट सेवक कर्मचारी, ब्यापारी एवम सर्वसाधरण गरि बांकेमा मात्र हाल सम्म ३२९ जना र बाहिरी जिल्ला बाट थप उपचारका लागि आउनुभएका ३९६ जना गरि ७२५ जनाको मृत्यु भईसकेको छ ।

बांकेमा बिगत २४ घण्टामा बर्दियाका २ जना, कैलालीका १ जना र बांकेका २ जना गरि ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको कोरोना संकट ब्यवस्थापन समतिका फोकल पर्सन तेज वलीले जानकारी दिनुभएको छ । बांकेमा हाल २०८ जना कोरोनाका बिरामी रहनुभएकोमा ४८ जना अस्पतालमा भर्ना हुनुभएकोमा १४ जना सिकिस्त बिरामी र अन्य मध्यम बिरामी रहनु भएको छ ।