बर्दियाको लाल किल्लामा लोकतान्त्रीकको आखां….

२१ कार्तिक, नेपालगञ्ज/ आगामी मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा बर्दियामा प्रमुख पार्टीहरु बिच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । बर्दियाको २ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रमुख दलका चारै जना उम्मेद्वार मन्त्रि र केन्द्रियस्तरको नेता भएका कारण पनि बर्दियाको चुनावी माहोल रोचक बनेको हो ।
बर्दियालाई बामपन्थीहरुको किल्लाको रुपमा हेरिने गरिन्छ । भर्खरै सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्र र एमालेको मतलाई आधार मानेर हिसाब गर्ने हो भने बाम गठबन्धनको जित निश्चित जस्तो देखिए पनि माहोल यसै भन्न सकिने अवस्थाको छैन । 

बर्दियाको प्रतिनिधि सभा क्षेत्र नम्वर(१ बाट प्रतिनिधि सभा सदस्य पदमा वाम गठवन्धनका तर्फबाट नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व उपप्रधान र गृहमन्त्रीसमेत बनेका वामदेव गौतम र लोकतान्त्रिक गठवन्धनका तर्फबाट नेपाली काँग्रेस बर्दियाका जिल्ला सभापति संजय कुमार गौतम चुनावी भिडन्तमा उत्रिएका छन ।

वामदेव गौतमले बर्दियाबाट ५ पटक बर्दियाबाट चुनाव लडेका गौतम तीन पटक निर्वाचित भएका थिए ।
एमाले उपाध्यक्ष वामदेव २०७० सालमा बर्दिया र प्युठान दुवै स्थानबाट जितेपछि बर्दिया छाडेर प्युठान रोजेका थिए ।

लोकतान्त्रिक गठवन्धन मार्फत उम्मेद्वारी दर्ता गराएका सिँचाई मन्त्री संजयकुमार गौतम पनि कमजोर प्रतिस्पर्धी नभएको स्थानीयबासी बताउँछन् ।

त्यस्तै प्रतिनिधी सभाका लागि बर्दिया क्षेत्र नम्बर २ बाट पनि दुबै जना थारु बिच प्रतिस्पर्धा हुने देखिएको छ । बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ मा बाम गठबन्धन तर्फबाट माओबादी केन्द्रका सन्तकुमार थारु र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल दहित बिच प्रतिस्पर्धा हुने भएको हो ।

यसअघि पहिलो संबिधान सभा र दोस्रो संबिधान सभा निर्वाचनमा निर्वाचित भएका बाम गठबन्धनका उम्मेदवार सन्तकुमार थारु शेर बहादुर सरकारका पशुपंक्षी विकास मन्त्रि हुन ।
नेपाली कांग्रेसका गोपाल दहित यसअघि संबिधान सभा निर्वाचनमा फोरम लोकतान्त्रिकबाट समानुपातिक सभासद हुन् । दहित शेर बहादुर प्रधानमन्त्री बनेपछी केही महिना अघि भुमीसुधार मन्त्रि बनेका थिए ।

बर्दियामा संघिय समाजवादी फोरम नेपाल, नयाँशक्ति पार्टी, विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी ९माले०, नेपाल दलित पार्टी, एकीकृत राप्रपा ९राष्ट्रवादी०, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल मजदुर किसान पार्टी लगायत स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ