बांके जिल्लाका करीब ५ लाख जनख्यामा ४ लाख बैक खाता,२६ हजार ऋणीलाई रु ४० अर्ब कर्जा प्रबाह

लेखक:- गुरु प्रशाद पौडेल, निर्देशक, नेपाल राष्ट्र बैक , नेपालगञ्ज

आधुनिक मानव समाजका लागि बैंकिङ सेवा अपरिहार्यता बढ्दै गएको छ । बैंकले विभिन्न उपकरणहरु प्रयोग गरी अर्थतन्त्र बचत हुने क्षेत्रमा रहेको वित्तीय स्रोतलाई र अर्थतन्त्रमा आवश्यक पर्ने क्षेत्रमा पु–याउछन ।

बैंकहरूले परम्परागतरुपमा गर्दै आएका निक्षेप संकलन र कर्जा प्रवाह गर्ने बाहेक थुप्रै कामहरु गर्न सुरु गरेका छन् । आफ्नो ग्राहकहरुको लागि वस्तु वा सेवा आयात निर्यात गर्नसक्ने उपयुक्त तरिका सुझाउने साथै ब्यापार ब्यवसायका उपयुक्त तौर तरिका पनि सुझाउनुको साथै बैंक ग्यारेन्टी दिने काम पनि गर्दछन् ।

बैकहरुले नयाँ प्रविधीको प्रयोग गरी ग्राहकलाई प्रदान गर्ने सेवाहरु थप्दै गएका छन् मोबाइल बैंकिंग, ई- डेबिड तथा क्रेडिट कार्ड,बैंकिङ को प्रयोगले बैंकलाई चमत्कारी प्रदान गरेको छ । बैंकिङ सेवाका लागि विकास बिना शिक्षित सभ्य शिक्षित समाजको परिकल्पना गर्न सकिन्न ।

हाम्रो देशको बैंकिङ सेवा त्यति पुरानो छैन । विसं १९९४ साल कार्तिकमा नेपाल बैंकको स्थापना भएसँगै हामीका औपचारिक बैंकको विकास भएको हो । यसमा केन्द्रीय बैंकको रहेको नेपाल राष्ट्र बैंक स्थापना विसं २०१३ सालमा भएको हो ।

केन्द्रीय बैंकले आम जनतालाई प्रत्यक्ष बैंकिङ सेवा उपलब्ध नगराए पनि समग्र बैंकिङ विकास गरि आम जनतालाई बैंकिङ पूरा गराउने अहम् भूमिका खेलेको हुन्छ

नेपाल राष्ट्र बैंकले मुलुकका सबै क्षेत्रमा भौतिक रुपमा मुद्राको सहज आपुर्ती गर्न र बैंकिङ्गको क्षेत्रमा व्यवस्थापनमा सहजता ल्याउन मुलुकका ७ स्थान विराटनगर, जनकपुर ,वीरगञ्ज, पोखरा, भैरहवा, नेपालगन्ज र धनगढीमा कार्यालय संचालन गरेको छ ।

नेपाल राष्ट्र बैंकको नेपालगञ्ज स्थित कार्यालयको स्थापना विसं २०२२ सालमा भएको हो । बाँके जिल्ला नेपालको मध्य र सुदुरपश्चिम क्षेत्रको प्रमुख नाका एवं प्रवेशद्वारको रुपमा रहेको छ । करिब ५ लाख ५० हजार जनसंख्या रहेको यस जिल्लामा नेपालगन्ज उप-महानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती पारीको विकट ठाऊँ जोडिएको राप्ती सोनारी, डुडुवा, जानकी, बैजनाथ र नगरउन्मुख खजुरा गाउँपालिका रहेका छन् ।

समग्र बाँके जिल्लामा विभिन्न बैंकिङले संस्थाका गरी ७८ वटा शाखा रहेका छन्। बाणिज्य बैंकका ५४ ओटा विकास बैंकका २० वटा वित्त कम्पनीहरुको ४ वटा रहेका छन् । यो संख्या बैंकको मर्ज र बिस्तारको क्रममा घटबढ भईरहेको छ । तथापि अधिकांश शाखाहरु नगरपालिका क्षेत्रमा मात्रै सीमित रहेका छन् ।

अझै पनि केही गाउँपालिका बाहेक  धेरै गाउँपालिकामा बैंकको उपस्थित भै सकेको छैन चालु आर्थिक बर्ष २०७४/०७५ को नेपाल सरकारको बजेट वक्तव्य तथा मौद्रिक नीतिमा समेत संघिय संरचना अनुसार रहेका सबै स्थानीय निकायमा निर्देशनात्मक व्यवस्था रहेको छ ।

नेपाल राष्ट्र बैंकले यो नितिगत व्यवस्थालाई कार्यान्वयन ल्याई सबै स्थानीय निकाय वाणिज्य बैंकको शाखा होस् भन्ने अभिप्रायले विभिन्न सरोकारवालाहरुसँग समन्वय गरि बैंक शाखा नभएका स्थानमा सके सम्म  छिटा शाखा खोल्न आवश्यक व्यवस्थापन सुरु गरेको छ ।

सरकारी कारोबारका लागि लागि बैंक शाखा खोल्नै पर्ने बाध्यात्मक अवस्था भएकाले बैंकहरु बैंकहरूको खर्च व्यवस्थापनका लागि सहज होस् भनेर मौद्रिक नीतिले त्यसरी खोलने शाखाको हकमा एक वर्षका लागि रु एक करोड र्निब्याजी सापटी  उपलब्ध गराउने छ ।

मौद्रिक नीतिले केही तोकेका विकट तथा दुर्गम जिल्लाहरुका सदरमुकाम भन्दा बाहिरका शाखा खोलेमा प्रतिशाखा रु एक करोड उपलब्ध गराउने त्यसका लागि अतिरिक्त हालसम्म बैक नै नभएका ठाउंमा खाता नभएकाहरुको खाता खोलेमा प्रतिखाता बराबरको रु २५०० र अर्को एक शाखा रु एक करोड बिना ब्याज उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपालका सबै गाउँपालिका रुपमा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारले घोषणा गरेको नीतिअनुरुप बाँके जिल्लाका ५ वटै गाउँपालिकामा बैंकिङ सुविधा उपलब्ध गराउन बैंकहरूले शाखा कार्यालय सञ्चालन गरेमा शाखाहरुलाई राष्ट्र बैंकले राम्रो सेवा र सुविधा उपलब्ध गराउने अवस्था रहेको छ ।

बाँके जिल्लाका तीनवटा गाउँपालिका राप्ती सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा शाखा खोल्न बैंकहरूले आफ्नो कार्ययोजना बनाइसकेका छन् भने २ वटा गाउँपालिका बैजनाथ र जानकी गाउँपालिकाका लागी छलफल चलिरहेको अवस्था छ ।

बाँके जिल्लामा बैंकिङ अवस्था 

बाँके जिल्लामा बैंक तथा वित्तीय संस्थाको शाखा संख्याको बढोत्तरीसँगै बैंकहरूले संकलन गरेको क्षिेप तथा प्रवाह गरेको कर्जा समेत उल्लेखनीय वृद्धि भएको छ ।

विसं २०७२ सालको असार मसान्त सम्ममा करीब रु. १७ अर्ब रहेको निक्षेप २०७३ साल असारमा करिब २२ प्रतिशतले वृद्धि भई रु.३० अर्ब पुगेको छ भने २०७३ सालको तुलनामा २० प्रतिशतले वृद्धि भई करिब रु. २५ अर्ब पुगेको छ ।

निक्षेप संकलन गर्ने सिलसिलामा जिल्लाको सबै बैंक तथा बित्त संस्थाले ३ लाख ९८ हजार निक्षेप खाता खोलेका छन । बैंक तथा वित्तीय संस्थाहरुले बाँके जिल्लामा संकलन गरेको निक्षेप भन्दा प्रवाह गरेको कर्जा ६० प्रतिशतले बढिरहेको छ ।

विसं २०७४ असार मसान्त्को कर्जाको बक्यौता स्थितीलाई हेर्दा बाँकेका सबै बैंक तथा वित्तीय संस्थाले करिब रु ४० अर्ब कर्जा प्रवाह गरेका छन् । जिल्लामा कार्यरत सबै बैंक तथा वित्तिय संस्थाबाट बाँके जिल्लाका करिब २६ हजार जनताले कर्जाको उपभोग गरेको देखिन्छ ।

कर्जाको वृद्धिदर पनि उल्लेखनीय छ । विसं २०७२को असार मसान्तसम्मको तुलनामा २०७३ असार मसान्त् सम्म कर्जा उपभोग वृद्धिदर करिब २८ प्रतिशत रहेको छ । २०७३ असार मसान्तको तुलनामा २०७४ असार मसान्त सम्मको तुलनामा ३३ प्रतिशतले वृद्धि हुनपुगेको छ ।

बाँके जिल्लाका सवै बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा करिब २ अर्ब कर्जा प्रवाह गरेका छन् । त्यसैगरी औद्योगिक क्षेत्रमा रु २ अर्ब कर्जा प्रवाह भएको छ जुन यस जिल्लाको कूल प्रभावित कर्जाको ५ र ३० प्रतिशत हुन आउँछ ।

बाँकी जिल्लामा बैकिङ क्षेत्रका चुनौतिहरु

बाँके जिल्ला काठमाडौंसंग सिधा हवाई तथा सडक सम्पर्कमा रहेको एबं क्षेत्रमा सोझो पहुँच स्थापित भएको तराईको जिल्ला भएतापनि अझैसम्म सबै गाउँपालिकामा पक्की सडक, बिधुत पनि पनि पुगेको छैन भन्दा आश्चर्य लाग्न सक्छ ।

बैंकिङ सेवा विस्तार हुनको लागि केही पूर्वाधारको अनिवार्य आवश्यकता पर्दछ । बैंकहरूले अनलाइन सिस्टममा आधारित अत्यन्तै नवीनतम सिस्टममा काम गरिरहेका छन् । अनलाइन बैंकिङ सेवाका लागि नियमित विद्युत आपूर्ति र इन्टरनेट सुविधा पहिलो शर्त मान्न सकिन्छ ।

दोस्रो सत्रको रुपमा निर्मित सडक पहुँच र तेस्रोमा शान्तिसुरक्षाको प्रत्याभूति जस्ता कुराहरु पर्दछन । ती पूर्वसर्तहरु पूरा नभएकाले बाँकेका सबै गाउँपालिकामा बैंकिङ सेवा पुग्न सकेको छैन ।

बाँकेलगायत अन्य सबै गाउँपालिकाहरु मा बैंकिङ सेवा पुर्याउनका लागि स्थानीय गाउँपालिकामा रहेका स्थानीय सरकारहरुले पनि बैङ्कहरूका लागि आवश्यक आधारभूत कुराहरूको सहजीकरण गर्न जरुरी छ ।