नेपालगञ्जमा तस्करीको सुन बिक्री पुन: सुरु

१४ असोज, नेपालगञ्ज / काठमाडौंबाट नेपालगञ्ज तर्फ तस्करीको ४.२१ केजी सुन सहित २ जना ब्यक्ति नेपालगञ्ज एयरपोर्टमा पक्राउ परेको घटना पछी  नेपालगञ्जमा पुन: तस्करीको सुन विक्री कार्य सुरुवात भएको पाइएको छ।

तस्करीको सुन खरिद गर्नेहरू छानवीनको क्रममा नै रहेको समयमा सुन बिक्री गरेको पाइएको छ।

वजारमा विक्री गरेको सुन काठमाडौं भन्दा नेपालगञ्ज बढी लिन पाइने सुनचाँदी ब्यवसायी महासंघको निर्णय वमोजिम १५०० र प्रतितोला थप प्लस २४०० गरेर १ तोलामा ३९०० रुपैया बढी लिएर विक्री गरेको पाइएको छ।

तस्करी मार्फत विक्री सुरुवात गरिएको उक्त सुन बुधबार काठमाडौंमा प्रतितोला ८९ हजार रहेकोमा नेपालगञ्जमा ९० हजार ५ सय रहेको र नेपालगञ्जमा प्रतितोला ९२ हजार ९ सय रुपैयाका दरले विक्री गरेको पाइएको छ ।

विक्री पछी ब्यापारीले सानो चिटमा सुनको तौल र पैसा उल्लेख गरेर खरिदकर्ता ब्यापारीलाई दिने गरेको पाइएको छ।