सर्बोच्चका २ जना पूर्व न्यायाधीसको मृत्युका कारण बुधबार र बिहिबार बेञ्च बसेन

११ कार्तिक, नेपालगञ्ज/ सर्बोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वको क्षमतामाथि प्रश्न उठाउँदै गरिएको राजनितिक खेलखण्ड बिस्तारै नांगे झार हुनेक्रम सुरुवात भएको छ ।

जनताको रगत पसिनाबाट सरकार मार्फत जम्मा गरेको करबाट तलब भत्ता लगायतका सेवा सुबिधा लिने सर्बोच्चका माननिय न्यायाधीसहरुले सर्बोच्च अदालतमा बेन्च बहिस्कार गरेको बिभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भए पनि बुधबार सर्वोच्चमा बेन्च बस्न नसकेको खास कारण चाही सर्बोच्चका एक जना माननिय न्याययधीसको मृत्यु भएका कारणले बेञ्च बस्न नसकेको हो ।

सर्बोच्चका पूर्व न्यायाधीसको मृत्यू भएको दिन शोकमा सर्बोच्चमा बेञ्च नबस्ने परिपाटी रहेको छ भने पूर्व प्रधान न्यायाधीसको मृत्यु भएमा १ दिन बिदा हुने ब्यवस्था रहेको छ । बुधबार सर्बोच्चका न्यायाधीस भैरब लम्सालको मृत्यु भएका कारण बेञ्च नबसेको हो भने बिहिबार पूर्व न्यायाधीस शारदा पण्डितको मृत्यू भएका कारण बेन्च नबसेको हो ।

 

सर्बोच्च अदालतमा हाल चलिरहेको किचलो राजनितिक षडयन्त्रको दाउपेचको भुमरीका कारण न्यायालयकर्मिहरु बीच एक आपसमा बिवाद उत्पन्न भई थप जटिलता उत्पन्न भएको छ ।

सर्बोच्च अदालतमा हाल कार्यरत न्यायाधीसहरु बीचमा पनि एकताबद्ध भएर न्यायालयको गरिमालाई बचाईराख्न अगाढी बढन नसक्दा हाल न्यायालय भित्र हुने अबाञ्छित क्रियाकलाप छताछुल्लभई पोखिएको अवस्था छ ।

त्यसैगरि कानुनका बिद्यार्थीहरु भएको र त्यसको हिमायती ठान्ने केही कानुन ब्यवसायीहरु पनि धमिलो पानीमा माछा मार्न पाइन्छ कि भनेर चर्को स्वर गरेर अदालतको शाख गिराउन भन्दा रचनात्मक सूझाव दिएर न्यायलयको शाख बचाउनु पर्दछ ।

वकीलहरुको ब्यवसायीक संस्था बार एसोसियसनमा हाल निर्बाचित नेपाली कांग्रेस र माओबादी निकट बिचारधाराका वकीलहरु रहेको भनिए पनि त्यसमा वकीलहरुका साझा बिचारहरुको प्रतिनिधित्व गर्नुपर्दछ ।

लहड र आवेगमा भन्दा संस्थाको गरिमा र ब्यवसायीक छबीलाई उच्च पार्दै आईतबार देखी सर्वोच्चमा बेञ्च बहिस्कार गर्ने र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा एकलको बिरुद्ध आन्दोलन गर्ने घोषणाले बार एसोसियसनमा उठेको भनिएको आवाज सर्बोच्च अदालतको शाख गुम्ने पनि त्यत्तीकै सम्भावना रहेको छ ।