नेपालगञ्ज एयरपोर्टबाट उडानको लागि दौडीरहेको जहाजसंग बंदेल ठोक्किदा…….

१६ कार्तिक, नेपालगञ्ज/ मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमकोटको लागि उड्ने क्रममा नेपालगञ्ज बिमानस्थलमा सीता एयरको डोर्नियर विमानमा बँदेलसंग ठोक्किएको छ। नेपालगञ्ज विमानस्थल प्रमुख सुवास झाका अनुसार मंगलबार बिहान ६ बजेर २० मिनेटमा धावनमार्गमा पूर्वबाट पश्चिमतर्फ उडानका लागि गुडिरहेको समयमा एक्कासी बिमान तर्फ ३ वटा बदेल दगुरेर सीताको डोर्नियर जहाजमा ठोक्किएका थिए ।

उड्न लागेको प्लेनसँग ठोकिएर मरेका बँदेल । उक्त बदेल जिल्ला वन कार्यालय बाँकेलाई बुझाएको छ ।

उक्त जहाजमा ३ जना चालक दलका सदस्य र १४ जना यात्रु सहित १७ जना रहनुभएको थियो । उडानको लागि नेपालगञ्ज बिमानस्थलमा दौडीरहेको उक्त सीता एयरको टुइनेटर जहाजको अगाढीको भागमा क्षती भएपछी मंगलबारका सबै उडान रद्ध गर्नुपरेको छ । बदेलको कारण जहाज उडानमा समस्या उत्पन्न भएपछी बिमान स्थलको छाडी सफा गरिएको छ  ।

दुर्घटना बाट सीता एयरको टुइनेटर जहाजको अगाढीको ल्यान्डीङ गेयरमा क्षती पुगेको र जसको मर्मत निर्माणको लागि करिब १ करोड लाग्ने अनुमान गरिएको छ।