बाँकेको नरैनापुर स्थित सामूदायिक वनमा बाघको आक्रमण १ गोठाला र १ गाईको मृत्यु

Photo: File

२८ कार्तिक, नेपालगञ्ज/ बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ पण्डितपुर्वाका लखन गडरियाको शनिबार सामूदायिक वनमा शव फेला फेला परेको छ ।

शनिवार दिउसो गाई चराउन सामूदायिक वनमा गएको समयमा गोठालाहरूले क्षतविक्षत अवस्थामा रहेको शव फेला पारेपछी स्थानिय प्रहरी चौकी नरैनापुर मा खबर गरेका थिए ।

घटनाको जानकारी आए लगतै शनिवार अपरान्ह नै चौकी इन्चार्ज फत्ते हमाल सहितको टोली घटना स्थाल पुगेको स्थानियले जानकारी दिनुभएकी छ ।

घटनास्थलमा फेला परेको शवमा शरीरको पछाडीको भाग नरहेको शरीरभरी चिथोरिएर घाउहरु भएकोले उक्त ब्यक्तिलाई बाघले आक्रमण गरेर मारेको हुनसक्ने प्रहरी र स्थानियले आशंका गरेका छन्।

मृत्यु अवस्थामा फेला परेका लखन गाई चराउन २५ गते जंगल गएको र फर्केर नआएपछि खोजतलास गर्दा शनिवार साँझ जंगलमा शव फेला परेको हो।

घटनास्थल नजिकै बाघले एउटा गाईसमेत मारेको र बाघ कराएको सुनेको स्थानियले बताउनु भएको छ ।

नरैनापुरको पर्यटकस्थल गोवद्र्धन धामदेखि करीब ५ किलोमिटर पूर्वपट्टी सामुदायिक जंगलमा गडरियाको शव फेला परेपछी स्थानिय वासीहरुमा थप सर्तकता अपनाउन प्रहरीले अपिल गरेको भोजभगवानपुर इलाका प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक बसन्त गौतमले बताउनुभएको छ ।