कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को रिजल्ट सार्वजानिक

१७ मंसिर, नेपालगञ्ज/ उच्च माध्यमिक शिक्षा परिषदले कक्षा १२ को नतिजा प्रकाशित भएको छ ।

आज शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको परिषदका प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिनुभएको छ ।

प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार आज बसेको बैठकले नजिता सार्वजनिक गर्ने निर्णय गरेको हो । शर्माले भन्नु भयो ‘सिष्टममा अपलोड हुँदैछ त्यसको केही समय पछि हेर्न मिल्छ ।

यस वर्ष ३ लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा ७ हजार ६३ जना परीक्षार्थीले ‘A प्लस’ ल्याएका छन् । ‘A’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ४० हजार २३९ छ ।

७० हजार १ जना परीक्षार्थीले ‘B प्लस’ ल्याएका छन् । ‘B’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ९९ हजार ५ सम ५३ रहेको छ । ‘C प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘C’ ग्रेड ल्याएका छन् ।

३ हजार ८७५ परीक्षार्थीले ‘D प्लस’ ल्याएका छन् । ‘D’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या २९६ छ भने १० हजार ७३ जनाले ‘E’ ग्रेड ल्याएका छन् ।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।