बाँकेको बैजनाथबाट चितुवाको छाला सहित ३ जना पक्राऊ

१६ फागुन, नेपालगञ्ज/ बाँकेको बैजनाथ गाँउपालिका वडा नं. ५ गायत्री टोलबाट आईतबार दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना पक्राउ परेका छन्।

प्रदेश प्रहरी कार्यालय दाङ का अनुसार पक्राउ पर्नेमा जिल्ला बाँके, बैजनाथ गाँउपालिका वडा नं. ५ बस्ने २८ बर्षिय याम बहादुर बिश्वकर्मा, जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३० को आकाश परियार र मधुवन नगरपालिका वडा नं. ९ बस्ने बस्ने बर्ष ५४ को लाल बहादुर बि.क. रहनुभएको छ ।

हिजो सोमबार साँझ करिब ५ बजे गायत्री टोलको भित्री सडक बाटोमा दुर्लभ बन्यजन्तु चितुवाको छाला ल्याई रहेको भन्ने बिशेष सूचनाको , प्रहरी टोलीले पैदल हिंडिरहेका याम बहादुर बिश्वकर्मा, आकाश परियार र लाल बहादुर बि.क.लाई चेकजाँच गर्ने क्रममा निजहरुले बोकी ल्याएको सेतो पलास्टिक कट्टाबाट चितुवाको छाला थान-१ (एक) बरामद गरिएको छ । बरामद गरिएको चितुवाको छाला र निज व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।