झारफुकको नाममा नेपाल छिरेका भारतिय नागरिकले कृत्रिम जग्गा धनी बनी अर्कैको जग्गा बेचिदिएपछी……..


१८ चैत्र, नेपालगञ्ज/ अहिल्यको डिजिटल प्रबिधिलाई समेत मात दिएर एक जना भारतिय नागरिकले जिल्ला मालपोत कार्यालय बांकेबाट अर्कैको जग्गा बिक्री गरिदिएको घटना सार्वजनिक भएको छ ।

बांकेको जानकी गाउंपालिका वडानम्बर १ साईगाउं बस्ने इन्दल चमारको जग्गा सोही नामबाट आफुलाई चिनाउने भारत नागरिक भएको र हाल सम्म ठाउं–ठेगाना एकिन नभएका ब्यक्तीले साबिक साईगाउं वडा नम्बर ६ हाल जानकी वडानम्बर १ मा रहेको कित्ता नम्बर ६९ को

५०० बर्ग मिटर जग्गा आफु नै जग्गाको कृत्रिम मालिक बनी मालपोत बांकेबाटै राजीनामा पास गरेर बेच्न सफल भएका छन ।
घटना बिवरण अनुसार बांकेको जानकी गाउंपालिका वडा नम्बर १ साईगाउंमा बस्ने इन्दल चमारको घरमा श्रीमती बिमारी भएको समयमा झारफुकको लागी ति भारतिय नागरिक बेलाबखत आउने–जाने गरेका थिए ।

उक्त भारतिय नागरिकले मौका छोपेर जग्गा धनी इन्दल चमारको असली जग्गा धनी पुर्जा र नागरिकताको फोटो कपी इन्दलको घरबाट नै चोरी गर्न सफल भएको पाइएको छ ।

भारतिय नागरिक केही दिन पहिल्य नेपाल आएको र इन्दलको घरमा झारफुकको बाहनामा बसेको समयमा जग्गा धनी इन्दल चमारको जग्गा धनी असली पुर्जा र नागरिकताको फोटो कपी ल्याएर नागकिताको फोटो कपी नोटरी समेत गराएको पाइएको छ ।

ति भारतिय नागरिकले इन्दल चमारको जग्गा बिक्रीका लागी जानकारी गाउंपालिका वडानम्बर १ साईगाउंबाट वडाअध्यक्ष मोहम्मद रजा राईले समेत उक्त जग्गा बिक्रीका लागी सिफारिस गरेको पाइएको छ ।

भारतिय नागरिकले यहि चैत्र १४ गते सोमबार जिल्ला मालपोत कार्यालय बांकेबाट जग्गा धनी इन्दल चमारको नामको जग्गा अगाढी बाटो भएपनि बाटो नभएको वडा कार्यालयको सिफारिस गराएर बाटो नभएको जग्गाको न्यूनतम मुल्य सरकारी मुल्याकन ४ लाख रुपैया राखेर त्यो भन्दा डब्बल मुल्यमा बांके भवनीयापुर वडानम्बर ५ कुदरा कवडियाका छोरा चांद बाबु कवडियालाई बिक्री गर्न सफल भएकाले थिए ।

अर्काको जग्गा बिक्री गरेर भारतिय नागरिक फरार भएर भारत तर्फ गईसकेकोमा अवस्थामा उक्त जग्गा चांद बांबु कवडीयाले खरिद गरेको तुरुन्तै अर्को दिन उक्त जग्गा बाटाकोे मोहडा रहेको र पछाडी २ बिघा जग्गा भएको ब्यक्तीले करीब २० लाखमा किन्न गईरहेको अवस्थामा उक्त जग्गा खरिद बिक्रीमा मालपोत कार्यालयका केही कर्मचारीलाई शंका उत्पन्न भएको थियो ।

बांके–२ नेपालगञ्जका सांसद समेत रहनु भएका पूर्व मन्त्री इस्तियाक राईका आफन्तले उक्त जग्गा खरिद गर्ने क्रममा अघिल्लो दिन ४ लाखमा कारोबारो भएको जग्गा अर्को दिन २० लाखमा कारोबारो हुन थालेपछी मालपोतमा पनि केही बेर अवरोध भएपछी जग्गा बिक्री गर्ने चांदबाबु कवडीयाको पनि मिलेमतोको आशंका गरिएको थियो ।

जग्गाको बिषयमा मंगलबार हो–हल्ला भएपछी जग्गाको असली मालीक इन्दल चमारकोमा वडा कार्यालय मार्फत खबर पुगेपछी चमारले आफनो जग्गा अर्कैले ब्रिकी गरिदिएको पाएर पछी बुधबार हत्तारिदै मालपोत बांकेमा पुगेपछी त आफनो जग्गा अर्कैले बिक्री गरिदिएको थाहपाएका थिए ।

इन्दलको जग्गा बिक्री गर्ने भारतिय नागरिकलाई बुधबार नै मालपोतको सूचना र आग्रहमा रुपैडियाबाट प्रहरी पक्राउ गरेको छ । उक्त घटनाको सत्य तथ्य छानबीन गरि सबैलाई कानुनी दायरामा ल्याउन घटनाका सम्वध पक्षहरुलाई जिल्ल प्रहरी कार्यालय बांकेले बिहिबार नै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो घटनामा ताज्जुब यो–पो देखिन्छ कि ! जग्गा पासमा डिजीटल औठा छाप देखी नागरिकताको नोटरी, वडाको सिफारिस, जग्गाको तिरो तिर्ने काम देखी लेखन्दासले भु–सेवा सम्पूण प्रक्रिया गर्न सफल भारतिय नागरिक एक्लैले गर्ने घटना आश्चार्य र आंशकित देखिन्छ ।

उक्त घटनाले मालपोतबाट माथीको घटना जसरी नै अरु कसैले पनि यसैगरी आफनो जग्गा अरु कसैको नाममा त पास गरेको छैन ? जग्गा धनीहरुले ध्यान पु–याउनै पर्ने उक्त घटनाले झस्काईदिएको छ ।