कोहलपुरमा तनाव: केटौले मेयर घेराबन्दीमा

कोहलपुर १ कार्तिक/ नेपाली हरुको महानचाड तिहारको पूर्व सन्ध्यामा कोहलपुर नगरपालिकाको तर्फबाट बस पार्कमा रहेका पसलहरु डोजर लिएर भत्काउन जाँदा नगरपालिका मेयर पूर्ण आर्चाय स्थानिय बासिन्दाको घेराबन्दीमा पर्नुपरेको छ ।

नक्सा पास नभएर नगरपालिका मातहतको नगरविकास समितीको उक्त जग्गा बर्षौ देखी विभिन्न ब्यक्तिहरुले अस्थाई घर टहरा बनाएर वस पार्कमा पसल तथा बसोवास गर्दै आएका छन् । .

उक्त पसल टहराको बस समिती मार्फत नगर विकास लाई भाडा पनि वुझाउदै आएका छन् ।

वस समिती, स्थानिय बासिन्दा र नगर विकास समिती वीच छलफल भई असोज ३० गते अस्थाई घरटहरा भत्काएर ठाउँ खाली गर्न अर्को ब्यवस्थापनका लागी समय माग गरेका थिए ।

नगरपालिका केटौले मेयर पूर्ण आर्चायले घरटहरा भत्काउन असोज ३० गते सम्म समय दिइएको र घरटहरा नभत्काए पछी मंगलबार बिहानै डोजर लिएर कोहलपुर बस पार्क पुग्नुभएको थियो ।

डोजर लिएर आएपछी बसपार्क क्षेत्रमा बसोवास गर्ने स्थानिय ब्यक्तिलाई घेराबन्दी गर्नुका साथै डोजर फिर्ता गरिदिएका छन ।

यसअघि वसपार्कमा घरटहरा भत्काउने बिषयमा गत शुक्रवार साँझ नगरपालिकामा आयोजना गरिएको सर्वदलीय बैठकमा मेयरका पार्टी बाहेक १ जना माओवादीका प्रतिनिधी उपस्थित भएकोमा ति प्रतिनिधी ले पनि सबै को सहमतीमा वस पार्कको समस्या समाधान गर्नुपर्ने विचार राखेका थिए ।

बस पार्कमा रहेको बस समितीले स्थानिय प्रशासनलाई एक पत्र लेख्दै तिहार नजिकै आएको र आसन्न निर्वाचत पछी मंसिर १० गते कोहलपुर बसपार्कको समस्या स्थायी रुपमा समाधानका लागी पहल गर्न र त्यसमा आफुहरुको पूर्ण सहयोग रहने भन्दै पत्र नै लेखेर अनुरोध गरिसकेका छन् ।

कोहलपुर नगरपालिका मेयर केटौले पाराले जिद्दि गरेर स्थानिय प्रहरी र प्रशासन सँगको समन्वय र उपस्थित विना घरटहरा भत्काउन जाँदा स्थानियको घेरामा पर्नु पर्ने अवस्था सृर्जना भएको हो ।