कार दुर्घटनामा नेपालगञ्ज-११ का ३ जनाको मृत्यु

२८ चैत्र, नेपालगञ्ज/ नेपालगञ्जको सुर्खेतरोडमा गएराती करिब १२ बजे कारले ठक्कर दिदा ३ जनाको मृत्यु भएको छ ।

 

बाँकेको चिसापानी घर भई नेपालगञ्जको गोसाई गाउँ वस्दै आउनु भएका इन्द्र थापाले चलाएको प्रदेश ३-१-०२३ च ८४८१ नम्बरको कारले नेपालगञ्जको धम्बोजी चौक देखी दक्षिण घरवारी टोल जाने बाटो नजिकै मञ्जुश्री फाइनान्स विल्डीङ्ग अगाढी सुर्खेत रोडमा उक्त कारले ३ जनालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेको कार ।

नेपालगञ्ज भाटभटेनी नजिकै टि-टप नामक किचेन रेष्टुरेन्टबाट आईतबार १२ बजेतिर राती गोसाई गाउँ घर तर्फ जानेक्रममा थापाले चलाएको आफनै गाढी उक्त दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका कानुनी सहायत कक्षका अनुसार चालक थापाले चलाएको गाढीबाट सडकमा राती १२ बजे तिर विच बाटोमा हिडिरहेका नेपालगञ्ज उप- महानगर वडानम्वर ११ का एकै घरका २ जना ६५ वर्षीया समिना इद्रिसी,५ वर्षका कसिम इद्रिसी र निजकै छिमेकी अर्को घरको ५ वर्षका अलि इद्रिसी घाईते भएकोमा निज कार चालकले नै घाईतेहरुलाई उपचारको लागी नसिङग होममा लगेकोमा घाईतेहरुको अस्पतालमा मृत्यु भएको चिकित्सकहरुले घोषणा गरेका थिए ।

दुर्घटनामा स्थल ।

घटना पछी प्रहरीले घटना स्थलको मुचुल्का, सिसि क्यामेरा फुटेजका साथै कार चालकको मापसे चेकिङ्ग गरेको छ।  घटनाको अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।

थापाले चैते दशैको दिन  मापसे गरेको मेडिकल चेकिङ रिपोर्टमा देखिएको पनि प्रहरीले जानकारी दिएको छ।