नेपालञ्जमा भारतका ७ र नेपालका ८ जिल्लाका सुरक्षा अधिकारीहरुको सयुंक्त बैठक

 

६ पुस, नेपालगञ्ज/  जिल्ला प्रशासन कार्यालय बांकेको आथित्यतामा बुधबार अपरान्ह नेपालगञ्जको सिदार्थ होटेलको कार्यक्रम हलमा  नेपाल–भारत सिमा क्षेत्रका उच्च पदस्थ सुरक्षा अधिकारीहरुको सयुंक्त बैठक बस्दै छ ।

भारतका ७ जिल्ला र नेपालका ८ जिल्ला गरी नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीहरुको सयुंक्त बैठक बस्न लागेको हो । भारतको तर्फबाट कम्तीमा २८ जना उच्च पदस्थ ब्यक्तीहरुको सहभागी हुने भएको छ ।

जसमा गोरखपुर क्षेत्रका अतिरिक्त महानिरिक्षक अखिल कुमार, देबीपाटन क्षेत्रका डिआईजी उपेन्द्र कुमार अग्रवाल, महाराजगञ्ज जिल्लाका क्षेत्रका डिएम शैलेन्द्र कुमार र एसपी प्रदिप गुप्ता, सिदार्थनगर जिल्लाका डिएम दिपक मिना र एसपी एसभिर सिंह, बलरामपुर जिल्लाका डिएम श्रीमती श्रृती र एसपी हेमन्त कुटियाल, श्रावस्ती जिल्लाका डिएम नेहा प्रकाश र एसपी अरबिन्द कुमार मौर्य, बहराइच जिल्लाका डिएम दिनेशचन्द्र र एसपी श्रीमती सुजता सिंह, लखिमपुर जिल्लाका डिएम महेन्द्र बहादुर सिंह र एसपी संजिव कुमार सिंह, पिलिभित जिल्लाका डिएम पुलकित खरी र एसपी दनेश कुमार, एसएसबी अधिकारीहरुमा सम्वन्धीत जिल्लाका कमाण्डरहरु बर्जित सिंह, मनोज कुमार सिंह, अमित सिंह, अशोक बिश्वास, उपेन्द्र कुमार रावत, रबिन्द्र कुमार राज्यश्वरी, सर्वजित सिंह, दपन कुमार दास, दामोदर प्रशाद मिना, यतिन नेगी, मुन्ना सिंह र गोबिन्द सिंह अधिकारीहरुको सहभागीता रहने भारतिय पक्षले जानकारी गराईसकेको छ ।

त्यसैगरी नेपालको तर्फबाट लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका जिल्ला भारतसंग छोएका जिल्ला बांके, बर्दिया, कैलाली, कञ्चनपुर, दांग, कपिलबस्तु, रुपन्देही र पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, शसस्त्र र जनपद प्रहरी प्रमुखहरु, राष्ट्रिय अनुसन्धान बिभागका जिल्ला प्रमुखहरुको सहभागीता रहने भएको छ ।

बैठकमा नेपाल–भारत सिमा क्षेत्रका जनमानसमा सुमधुर सम्वन्ध निरन्तर कायम राख्न दुबै क्षेत्रका अधिकारीहरुले बिशेष ध्यान दिनुपर्ने, सिमाक्षेत्रमा बढदो अपराधहरु नियन्त्रणका लागी लागुऔषध तथा अबैध ओसार–पसार, गल्स तथा ओमेन ट्राफिंकिंग, सिमा क्षेत्रमा एक अर्को राष्ट्र प्रति गर्न सक्ने अबाञ्छीत क्रियाकलाप लगायत हाल सम्म दुबै पक्ष बीच भए गरेको केही घटना तथा बिषय बस्तुहरुमा समेत छलफल गरिने छ ।

नेपालको आयोजनामा हुन लागेको नियमित सयुंक्त बैठकमा भारतिय पक्ष निकै तमतयारीका साथ प्रस्तुत हुने देखिएको छ भने नेपालको तर्फबाट सहभागीहरु समेत मंगलबार सांझ सम्म नेपालगञ्ज सम्म आइनपुगेकोले खासै तयारी गरिएको देखिएको छैन भने कार्यक्रम स्थलको भने ब्यवस्थापन होटेल सिदार्थमा गरिएको छ । बैठकका लागी नेपालको तर्फबाट नेपाल सरकारको गृह मन्त्रालयको स्बीकृत लिएर तयारी तिब्र पारिएको बांकेका सुरक्षा अधिकारीहरुले जानकारी दिनुभएको छ ।

नेपाल भारत सिमा क्षेत्रमा भारतिय सिमा सुरक्षाकर्मिहरुबाट नेपाली माथी अभद्र ब्यबहार गरेको भन्दै बेलाबखत आवाज उठने गरेकोमा पछील्लो पटक त्यस्ता घटनाहरुमा केही कमी आउनुमा यस किसिमका दुई देशिय मैत्रि बैठकको उपलब्धी रहेको सुरक्षा अधिकारीहरुको ठम्याई रहेको छ ।