कोहलपुरको कनोडिया पम्पमा 3rd ठगी काण्ड फलोअफ: तारताम्य मिलाउन सञ्जयको दौडधुप, जिम्मेवार निकाय -याल काडदै

नेपालको कानुन दैबले जानुन !

कोहलपुर स्थित कनोडिया अटोमोबाईल्स पम्पमा ठगी यसरी गरिन्छ : गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्जले उपभोक्ताको उजुरीकोआधारमा  चेकजांच गर्दा पम्पमा सेन्सर तारमा लगाइएको थप सेन्सर तार र चिप्स बरामद गरेको थियो । भिडियो उक्त पम्म २०७४ सालमा बैशाख १८ गते  छापा मारि चेकजांच गरेको थियो । उक्त काण्डमा पनि कनोडिया पेट्रोल पम्पमा कम तेल दिने गरेको भन्दै मुद्दा चलाइएको थियो । जिल्ला अदालत बांकेबाट कनोडियाले सफाई पाइसकेको आफै बताउनु भएको छ । Video clips: Rabindra Sing thakurii

९ साउन, नेपालगञ्ज / नेपालमा पैसा भएपछी जस्ले जे अपराध गरेपनि मिलाउन सकिन्छ भन्ने जनताको मनमा गलत नजिर बस्ने अवस्था घटनाक्रमहरुले उजागर गदै गइरहेका छन । यस्ता गलत सोच र घटनाहरुको सर्बसाधरण जनताहरु एक जुट भएर यस्ता सामाजिक अपराध र अपराधीरुको बिरोध गनुृको सटटा तै चुप मैचुप गर्नु झन अर्को ठुलो सामाजिक अपराध गर्नलाई निम्तो दिएसरी हुन्छ ।

बांकेको कोहलपुर स्थित चपपरगौढीमा रहेको कनोडिया अटोमोबाईल्सको नाममा नेपालगञ्जका सञ्जय कनोडियोले सञ्चालन गर्दै आएको पेट्रोल पम्पमा बिभिन्न इलेक्ट्रोनिक्स चिप्स राखेर पेट्रोलियम पदार्थमा ठगी गरेको घटना आवश्यक सबुत प्रमाण भिडियो सहित पटक–पटक सार्वजनिक भईसकेको छ ।

गत हप्ता पनि उक्त पेट्रोल पम्पमा ५ लिटर पेट्रोलमा करिब २० प्रतिशत कमि भएको मापन गरि नेपालगञ्ज स्थित गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधिहरु, नेपाल प्रहरी एवम सर्वसाधरणहरुको रोहबरमा उक्त पेट्रोल पम्पमा अनुगमन तथा निरिक्षण गरि पेट्रोलियम पदार्थ बिक्रि बितरणमा उपभोक्ताहरुलाई कम मात्रामा पेट्रोलियम पदार्थ दिएर ठगी गरिरहेको प्रमाणित भएको मुचुलका उठाएर कार्बाहीका लागी प्रक्रिया अगाढी बढाउने भनिएकोमा हाल सम्म सञ्चालनलाई नियन्त्रणमा लिइएको छैन ।

उपभोक्ता ठगी गर्ने संस्था वा कम्पनी तुरुन्तै सिल गरि कार्बाही प्रक्रियाका लागी नियन्त्रणमा लिएरु आवश्यक अनुसन्धान र बयान लिएर कार्बाहीका लागी न्यायिक प्रक्रिया अगाढी बढाउनु पर्नेमा पटक वटक ठगी गरिरहेको र पैसा खर्च गरेपछी केही पनि नहुने गरि जनमानसमा भ्रम छर्ने गरि सम्वन्धीत निकायहरुको काम कार्बाही र प्रक्रिया अगाढी बढीरहेको अवस्था छ ।

यो पछील्लो पटकको ठगी घटनामा पम्पका मालिक सञ्जय कनोडिया ठगी घटना मिलाईदिन जिल्ला प्रशासन देखी नापतौल र कांग्रेस पार्टीको बदनाम हुने गरि आफुलाई कांग्रसी ठुलै नेताकोमा पहुच भएको भन्न सुचाउने केही ब्यक्ती तथा नेताकोमा धाइरहेको अवस्था छ ।

उता पेट्रोल पम्पका मालिक मेडिकल कलेजका निर्देशक रहनुभएका सुरेश कनोडियाका कान्छा भाई सञ्जय कनोडियाले पेट्रोल पम्मप बिग्रीएकाले पेट्रोलियम पदार्द दिदा कमि भएको बयान दिने गर्नुभएको छ ।

मेशिनरि चिज बिग्रीएकाले कम दिएको हुनसक्ने भन्दै त्यसलाई मर्मतको लागी आफुलाई मौका दिन’पर्ने भन्दै बयान बाजी गर्ने गरेको पाइएको छ ।
बिगतमा पनि पम्पमा चिप्स सहित ठगी घटनामा गुणस्तर तथा नापतौल कार्यालयले मुटटदा अगाढी बढाएकोमा त्यही माथी कै बयानका आधारमा कानुनी मिलिमिलाई आधार बनाउदै छुटकारा पाएको देखिन्छ ।

 

यस पटक पनि उक्त ठाउसम्म पुग्नु अघि नै बाटोमा नै उक्त केस ढिसमिस पार्ने क्रममा सञ्जय कनोडिया लाग्नु भएको उहांको दौडधुप र टेलीफोन कुराकानीले पुष्टर्याइ गदैगइरहेको छ ।

सञ्जयको दौडधुपले यस पटक पनि उपभोक्ता ठगी गरिरहेको पम्पका मालीक केही पैसा खर्च गरेको आधारमा सजिलै उम्कन सकेमा कुनै नौलो र आश्चार्य मान्नु पर्ने छैन किन की राज्यमा जिम्मेवार निकायमा प्रक्रियागत भ्रष्टाचारको जालो यति झांगिइसकेको त्यसको नमुना यस्ता पटक पटक का घटना दोहरिने अनी काबाृही केही नहुने घटनाले पुष्टी गर्ने गरेका छन ।

यस अघि पनि कोहलपुरको चप्परगौढीमा सञ्जय कनोडियाले सञ्चालन गदै आउनुभएको कनोडिया अटोमाबाईल्सको पेट्रोल पम्पमा अनुगमनको क्रममा मिटर रिडिग गर्ने यन्त्रमा कम प्रेट्रोलियम पर्दाथ ग्राहकलाई दिएर बढी संख्यामा अंक देखाउने चिप्स जडान गरि उपभोक्ता ठगी गरिएको भेटिएको थियो । पूर्वपश्चिम राजमार्ग अन्तरगत कोहलपुरमा रहेको उक्त पम्पमा दैनिक हजारौं लिटर डिजल र पेट्रोल ग्राहकले लिने गरेका छन ।

गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले चेकजाँचका क्रममा ठगी गर्ने उद्देश्यले मशिन भित्र जडान गरेकै अवस्थामा सो चिप्स फेला पारेको थियो ।
समय समयमा आफै अनुगमन गर्नुपर्नेमा उपभोक्ताहरुले आफुहरु ठगीमा परेको उजुरीपछि २०७४ साल बैशाख १९ मा टोलीले सो पम्पको अनुगमन गरेको थियो । १० लिटर पेट्रोल चेकजाँच गर्दा ५५० मिलिलिटर घटी देखिएपछि सो पम्प सिल गरिएको थियो ।

सञ्चालक कनोडियालाई सम्पर्क गर्दा सम्पर्कमा आउन आलटाल गरेपछि टोलीले पम्पको मुचुल्का खडा गरी फुटाई चेकजाँच गर्दा सो चिप्स भेटिएको थियो।
टोलीले सेन्सर तारमा लगाइएको थप सेन्सर तार र चिप्स बरामद गरेको थियो । त्यस अघि पनि कनोडिया पेट्रोल पम्पमा कम तेल दिने गरेको भन्दै मुद्दा चलाइएको थियो ।

गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय नेपालगञ्जका तर्फबाट जिल्ला अदालत बांकेमा मुददा दर्ता गर्ने गरेको र त्यहांबाट अभिुक्तले पटक पटक सफाई पाउने गरेको देखिएको छ । यस पटकको ठगी घटनामा भने हाल सम्म सञ्चालक कनोडियालाई न नियन्त्रणमा लियउको छ न बयान लिइएको छ । पम्पका काम गर्ने मजदुरलार्य मोहरा बनाएर केसलाई बाटोमा नै रफादफा गर्ने गरि तारताम्य मिलाउन मै सञ्जय ब्यस्त रहेको पाइएको छ भने सम्पन्धीत अधिकारीहरु पनि गोटलकोटल जवाफ मै घटनाको क्रमश बयान चलिरहेको बताउने गरेका छन ।

यसरी पटक पटक पम्पबाट उपभोक्ता ठग्ने पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ दिने नेपालगञ्जको रांझा स्थित पेट्रोल पम्पका जिम्मेवार ब्यक्तीहरुको पनि उक्त घटनाहरु अनदेख गरेर पेट्रोलियम पदार्थ दिने कार्य पनि शंकास्पद रहदै आएको छ ।