कन्ट्याक्ट किलर द्वारा पार्वतीपुरमा २ जनाको हत्या

इलाका प्रहरी कार्यालय कोहलपुर

१० साउन कोहलपुर/  कन्ट्र्याक किलरले पार्वतीपुर एक घरमा घुसेर १ जना दम्पतीको हत्या गरेर फरार भएको घटनाको मंगलबार सांझ कोहलपुर प्रहरीले पत्रकार सम्मेल गरि सार्वजनिक गरेको छ ।

नेपालगञ्ज-कोहलपुर सडक खण्डमा पर्ने बांकेको कोहलपुर नगरपालिका वडानम्बर १४ पार्वतीपुरमा निजकै परिवार सदस्यले घराइसी रिसिबीको कारण ५०/५० हजारमा भारत बाट ३ जना कन्टयाक्ट किलर बोलाएर आफनै भाई बुहारीको हत्या गरेको घटनाको २४ घण्टा नबित्दै बांके प्रहरीले पत्ता लगाउन सफल भएको छ ।

नेपालगञ्जबाट करिब ८ किमी उत्तरमा रहेको बाँकेको कोहलपुर १४ पार्वतीपुरमा मंगलबार विहान मृत भेटिएका दम्पती २५ वर्षीय श्रीमान कृष्ण कुमार गडरिया र २३ वर्षीया श्रीमती अञ्जली गडरियाको कृष्णका दाई–भाउजुले मान्छे लगाएर दम्पतीको हत्या गरेको घटनाको २४ घण्टा बित्न नपाउदै कोहलपुर प्रहरीले घटनाको पर्दाफास गर्न सफल भएको पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार अपरान्ह पत्रकार सम्मेलन गरेर हत्या गरिएका ब्यक्ती कृष्ण गडरियाका दाई विजय गडरिया र भाउजु रेखा गठरियाले भारतबाट २ जनालाई बोलाइ सोमबार राती ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको प्रहरीले बताएको छ ।

हत्या हुँदा घरको माथिल्लो तलामा हत्या घटनामा संलग्न रहेका सहदर दाजु विजय र भाउजु रेखा घरमा नै रहेको प्रहरीको भनाई छ । कृष्ण र अञ्जलीको शब भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा शंकास्पद अवस्थामा बसेका सहोदर दाई विजयलाई नियन्त्रण लिई सोधपुछ गरेको थियो ।