नेपालगञ्जको रामनगरमा शक्तिशाली बिष्फोट, १ जनाको मृत्यू १ जना गम्भीर घाईते

 

,नेपालगञ्ज १३ कार्तिक/बांकेको नेपालगञ्ज उप-महानगरपालिका वडानम्बर ५ रामनगर स्थित रमेश नाग तेलीको घरमा आईतबार बिहान करीब ५ बजे शक्तिशाली बिष्फोट हुदा घरमा सुतिरहेका २ जना मध्य १ जनाको मृत्यू हुनुको साथै १ जना गम्भिर घाईते भएका छन ।

नेपालगञ्ज वडा प्रहरी कार्यालय नजिकै रहेको उक्त ठाउंमा आईतबार एका बिहानै बिष्फोटको ठुलो आवाज आएपछी वडा प्रहरी कार्यालयको टोली उक्त ठाउंमा पुगी ततकाल खोजतलास तथा घटनाका पिडितहरुलाई सहयोग गर्ने कार्य गरेको स्थानिय बासिन्दाहरुले जानकारी दिनुभएको छ ।

रमेश नाग तेलीको घर भाडामा लिएर बस्दै आएका बर्दिया जिल्ला मधुवन नगरपालिका वडानम्बर ८ का गणेश भन्ने समिर वली र रामनगर कै मोहम्द आरिफ अली अन्सारी बिष्फोटमा परि शक्त घाईतेको भएकोमा प्रहरीले उपचारको लागी ततकाल भेरी अस्पतालमा लगेको थियो ।

बिष्फोटमा परि गम्भीर घाईते दुबै जनालाई ततकाल उपचारका लागी भेरी अस्पतालमा लगेकोमा गणेश भन्ने समिरको चिकित्सकले आईतबार ६ः२० बजे नै मृत घोषणा गरेको र आरिफ भन्नेको अवस्था गम्भीर रहेको र भेरी मै उपचार भईरहेको प्रहरीले जनाएको छ ।

नेपालगञ्ज रामनगरका रमेश तेलीको ३ कोठे पक्की भवन भाडामा लिएर स्थानिय मोहम्द आरिफ अली अन्सारी र निजको नाताले साला पर्ने बर्दियाका गणेश भन्ने समिरले कांचको चुराको गोदाम सञ्चालन गर्दै आईरहेको र उक्त गोदाममा करिब ४ः४५ बजेतिर आगलागी भएको र सोही आगलागीको समयमा शक्तीशाली बिष्फोट भएको स्थानिय बासिन्दा तथा प्रहरीले जनाएको छ ।

घरमा बिधुत सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको भएपनि प्रहरीले छानबीन गरिरहेको छ भने घटना लगत्तै स्थानिय बासिन्दा तथा सुरक्षकर्मिहरुको सहयोग र नेपालगञ्ज उपमहानगरको २ वटा दमकलको सहायताले आगलागी पूर्ण नियन्त्रणमा लिइएको नेपाल प्रहरीले जनाएको छ ।

आगलागीको क्रममा घरमा रहेको ग्यांस सिलिण्डर बिष्फोट भएको प्रहरीले अनुमा गरेको छ भने आगलागीबाट चुराका कच्चा तथा तयारी समानहरु जलेर नष्ट हुनाका सार्थ उक्त ३ तले पक्कती घर बिष्फोटले पूण क्षतीग्रस्त भएको छ ।

आगलागीको क्रममा घरमा रहेको ग्यांस सिलिण्डर बिष्फोट भएको प्रहरीले अनुमा गरेको छ भने आगलागीबाट चुराका कच्चा तथा तयारी समानहरु जलेर नष्ट हुनाका सार्थ उक्त ३ तले पक्कती घर बिष्फोटले पूण क्षतीग्रस्त भएको छ ।