बाँकेको विकट बगौडा क्षेत्रको मटैयामा पम्प सञ्चालनमा

नरैनापुर २० / नेपालगञ्ज-बगौडा हुलाकी सडक अन्तरगत बाँकेको मटैयामा निजि क्षेत्रको लगानीमा सोमवार देखी पेट्रोल पम्प सञ्चालनमा ल्याइएको छ ।

हुलाकी सडक सञ्जालसँग जोडिएपछी बाँकेको नरैनापुर गाँउपालिका वडा नम्बर ५ मटैयामा चौक नजिक स्टार रिफ्युलिङ्ग सेन्टरको गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सोमबार उद्घाटन गर्नुभएको छ।

पालिका अध्यक्ष शाहले पेट्रोल पम्प सञ्चालनमा आएसँगै स्थानिय उपभोक्ताहरुलाई पेट्रोल र डिजेल लिन नेपालगञ्ज वा भारत जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभएको छ ।

पेट्रोल पम्प सञ्चालक रिजवान अहमद खाँले पम्पमा डिजिटल प्रविधिको डिस्पेन्सिङ मेसिन जडान गरिएकोले उपभोक्ताले सवारी साधनमा इन्धन भर्दा परिमाण, कुल मूल्य र प्रतिलिटर मूल्यबारे सहजै थाहा हुने जानकारी दिनुभयो ।

अध्यक्ष: इस्तीयाक अहमद शाह एवम गाउँपालिका परिवार
अध्यक्ष: इस्तीयाक अहमद शाह एवम गाउँ कार्यपालिकाको कार्यलय , लुम्बिनी प्रदेश नेपाल