बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुखको कोरोना संक्रमणका कारण नेपालगञ्जमा निधन

१० असोज, नेपालगञ्ज / बर्दिया जिल्लाको सदरमुकाम गुलरिया स्थित बबई बहुमुखी क्याम्पसका प्रमुख ५० बर्षिय बिनोद अग्रवालको कोरोनाका संक्रमणका कारण शनिबार अपराह्न २:२५ नेपालगञ्जमा मृत्यु भएको छ ।

क्याम्पस प्रमुख अग्रवाललाई गत असोज ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उहाँ बर्दियाको गुलरिया नगरपालिका वडानम्बर ७ स्थित आफ्नै घरमा आईसोलेसनमा बस्दै आउनुभएको थियो ।

कोरोना संक्रमित क्याम्पस प्रमुख अग्रवाललाई शनिबार बिहान देखि स्वासप्रस्वास प्रक्रियामा समस्या भएपछि गुलरियाबाट नेपालगञ्ज स्थित भेरी अस्पतालको कोभिड वार्डमा भर्नाका लागि ल्याईएको थियो ।

कोरोना संक्रमित अग्रवाललाई अस्पताल परिसर भित्रै कोभिड वार्डमा लैजाने क्रममा बाटोमा नै एक्कासी कार्डियो पल्मोनरीमा समस्या समस्या भएर मृत्यु भएको चिकित्सकहरुले स्वास्थ्य कार्यालय बाँकेलाई जानकारी दिनुभएको स्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता एवं बाँके कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभएको छ ।

क्याम्पस प्रमुखको निधन का सम्बन्धमा स्वास्थ्य कार्यालय बर्दियाले उहाँ विगत दुई वर्षदेखि फोक्सोमा क्यान्सर भएर उपचाररत रहनुभएको समयमा नै कोरोना संक्रमण भएको बताइएको छ।