काठमाण्डौंका बिभिन्न् अस्पतालमा कार्यरत १४ जना बिदेशी नक्कली डाक्टर सहित १७ जना पक्राउ


१७ माघ, नेपालगञ्र/ काठमाण्डौका बिभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत १४ जना बिदेशी नक्कली डाक्टर सहित १७ जनालाई प्रहरी पक्राउ गरी कार्बाही प्रक्रिया अगाढी बढाएको जनाएको छ ।

पक्राउ पर्नेहरुमा चाइना,अष्टेलियन र नेपालका गरी १३ जना नक्कली डाक्टरहरु र ४ जना सञ्चालक गरी १७ जनालाई पक्राउ गरी कार्बाही प्रक्रिया अगाढी बढाएको हो ।
चिकित्सा विज्ञान सम्वन्धी कुनै अध्ययन नगरेका तथा उक्त सेवा प्रदान गर्न मेडिकल काउन्सिलवाट कुनै अनुमतीनै नपाएका व्यक्तिहरुले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य संस्थाहरूसंग मिलेमतो गरी अनाधिकृत रूपमा चिकित्सकीय कार्य गर्दै आएको समयमा ती डाक्टरहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

विभिन्न किसिमका रोगहरु निको पार्ने अनुभवी र वरिष्ठ डाक्टरहरुवाट सेवा प्रदान भैरहेको भन्ने झुठ्ठा विज्ञापन दिई हजारौ सर्वसाधारणहरुलाई झुक्याई धोका दिई स्वास्थ्य संस्थाहरुका संचालकहरु तथा तिनको मिलेमतोमा करौडो रुपैयाको ठगी गरेको आरोपममा ती डाक्ठर तथा सञ्चालकहरुलाई पक्राउ गरेको हो ।
उपभोक्ता हित संरक्षण मञ्च र नेपाल मेडिकल काउन्सीलको समन्वयमा गते प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले काठमाण्डौ स्थित विभिन्न स्वास्थ्य संस्थाहरूबाट १३ जना चिनिया नागरीक, १ जना अस्ट्रेलियन र ३ जान नेपाली संञ्चालक समेत गरी १७ जनालाई पक्राउ गरी ठगी मुद्धामा काठमाण्डौ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
पक्राउ व्यक्तिहरू:-

क) Apollo International Polyclinic, ठमेल
१. नाम थर:- Huang Shaowen
उमेर:- ३० बर्ष
ठेगाना:- Jiangxi, China
Sex:- Male
२. नाम थर:- Zeng Shuhva
उमेर:-४९ बर्ष
ठेगाना:- Hunan Shaoyang, China
Sex:- Male
३. नाम थर:- Pan Mei Song
उमेर:- ६३ बर्ष
ठेगाना:- Fujian Province, China
Sex:- Male
४. नाम थर:- Luo Liming
उमेर:- ४० बर्ष
ठेगाना:- Fujian, China
Sex:- Male
५. नाम थर:- Cai Shutian
उमेर:- २८ बर्ष
ठेगाना:- Fujian Province, China
Sex:- Male
६. नाम थर:- Jiang Hongwei
उमेर:- ६० बर्ष
ठेगाना:- Shandong Province, China
Sex:- Female
७. नाम थर:- Li Lihong
उमेर:- ४८ बर्ष
ठेगाना:- Henan Province Luoyang City, China
Sex:- Female
८. नाम थर:- Liu Jiqin
उमेर:- ४५ बर्ष
ठेगाना:- Hubei Province, China
Sex: Female
९. नाम थर:- मीना कुमारी श्रेष्ठ
उमेर:- ३२ बर्ष
ठेगाना:- जिल्ला नवलपरासी, कावासोती-०६
पेशा:- संञ्चालक
Sex: Female
ख) CIWEC Hospital, लैनचो
१. नाम थर:- Sarah Anne Kemp
उमेर:- ३९ बर्ष
ठेगाना:- Sydney, Australia हाल का.जि. लाजिम्पाट
Sex:- Female
२. नाम थर:- प्रतिभा पाण्डे
ठेगाना:- का.जि. का.म.न.पा वडा नं. ३०
पेशा:- संञ्चालक
Sex:- Female
ग) China Great Wall Health Center, बौद्ध
१. नाम थर:- Long Yuanchao
उमेर:- ४८ बर्ष
ठेगाना:-Sichuan, China हाल का.जि. का.म.न.पा ०७, चुच्चेपाटी
२. नाम थर:- Long Guoyong
उमेर:- ४५ बर्ष
ठेगाना:- Hubei, China हाल का.जि. का.म.न.पा ०७, चुच्चेपाटी
३. नाम थर:- नारायण तिमिल्सिना
उमेर:- ३७ बर्ष
ठेगाना:- जिल्ला पाल्पा खानीछाप-०२
पेशा:- संञ्चालक
घ) China People’s Hospital, बैद्ध
१. नाम थर:- Zou Jie
उमेर:- ३० बर्ष
ठेगाना:- Sichuan, Chian हाल का.जि. का.म .न.पा ०६ बौद्ध
२. नाम थर:- Wang Xinlou
उमेर:- ६० बर्ष
ठेगाना:- Jiangsu, China हाल का.जि. का.म .न.पा ०६ बौद्ध
ङ) Chinese Dental Hospital, बौद्ध
१. नाम थर:- Li Yongmei
उमेर:- ५६ बर्ष
ठेगाना:-Qiancang Road yong Kang city, China हाल का.जि. का.म.न.पा ०६, बौद्ध