नेपालगञ्ज उप–महानगरपालीकाको वोर्डको बैठकमा घम्साघम्सी

२४ पुस,नेपालगञ्ज/नेपालगञ्ज उप–महानगरपालीकामा कर्मचारीहरुले मेयर र उप–मेयरलाई हातमा लिएर बोर्डको बैठक बिना नै मनपरी कार्य गर्न लागेको बताउदै आइतबार देखी वडाअध्यक्षहरुले गर्ने भनीएको तालाबन्दी आपसी सहमती पछी फिर्ता लिएका छन ।

नेपालगञ्ज उप–महानगरपालीकामा रहेका २३ वटा वडा मध्य अधिकांस वडाअध्यक्षहरुले आफुहरु उप–महानगरपालीकाको बोर्डको सदस्य रहेको तर आफुहरुको राय,सल्लाह बिना नै बोर्डको बैठक नै नबसाली बिगत लामो समय देखी मनोमानी कार्य गदै आएको उल्लेख गदै पछील्लो पटक नगरपालीमा कर्मचारी भर्ना जस्तो बिषय पनि सुचना टांस पछी थाह पाएको बताउदै बिरोध जनाएका थिए । 

वडा अध्यक्षहरुले मनपरी तन्त्र नसच्याए आइतबारबाट मेयर,उप–मेयर तथा कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने बिज्ञप्ती प्रकाशित गरी सार्वजनिक गरेकोमा आइतबार दिउसो २ बजे आकस्मिक रुपमा नगरपालीकाको बोर्डको बैठक बोलाइएको थियो ।

बैठकमा वडा अध्यक्षहरुलाई थाहै नदिएर वडाको विकासको संचना देखी वडामा भएका स्रोत र साधनको मनपरी ठेक्का,पटटा, वडा कार्यालयहरुको बैक खाता खोली बजेट बितरण तथा अधिकार प्रत्यायोजन गर्नुपर्नेमा कर्मचारीहरुले संघियतामा जनताको मर्म र जनभावना विपरीत पुराना आर्थिक ऐन, नियम देखाएर खाता नखोली वडा अध्यक्षहरुको नाममा १÷२ लाख पेश्की दिएर आलटाल गर्ने गरेकोमा बिरोध जनाएका थिए ।

आफनो पैसाले आफनै वडाको मानव तथा भौतीक विकास गर्ने भनी जनता हौसियको बेला वडा कार्यालयकै बैंक खाता खोली समग्र शिर्षकको बिनियोजित बजेट दिनु पर्नेमा कर्मचारी तन्त्रले बिभिन्न ऐन नियम देखाएर पेश्की दिन थालेपछी वडाका जनप्रतिनिधिहरु बाध्य भएर आन्दोलनमा उत्रिन लागेको बताएका थिए ।

वडा अध्यक्षहरुले आन्दोलन गर्ने भनेर सार्वजनिक गरेपछी हतार हतारमा आईतबार बोलाइएको बैठमा कर्मचारी भर्ना मनपरी नगरेर लोकसेवाको प्रक्रिया एवम परामर्शमा गर्ने सहमती भएको छ ।

त्यसैगरी प्रत्यक वडा कार्यालयमा छुटटयाइएको बजेट माथीको परिपत्र र निर्देशन अनुसार गर्ने सहमती गरेका छन तर यो माथीको कार्य स्थानिय निकायलाई दिइएको अधिकारको बर्खिलाप रहेको बोर्डका सदस्यहरुले बताएका छन ।

हाल उप महानगरपालीकाका वडा बनेका गाविसहरुमा बैक खाता खोली बिभिन्न शिर्षकमा बजेट जाने गरेकोमा हाल बिगतको भन्दा झन बिपरीत खाता नै नखोली बजेट नै नदिने भएपछी संघियताको मर्म र जन भावना विपरीत कार्य भएको र जनताको चाहना अनुसार विकासमा लाग्न नपाएकोमा बोर्डका सदस्य रहेका वडा अध्यक्षहरुले चर्को विरोध जनाएका थिए ।

बैठक आइतबार सांझ ६ बजे सम्म बसेकोमा बैठकमा बोर्डका सदस्यहरुका तर्फ मेयर,उप–मेयरको कार्यशैली प्रति बिरोध जनाउदै एउटा कर्मचारी संगको मिलेमतोमा जनप्रतिनिधिको उपेक्षा गर्दै मनपरी तन्त्र गरेको आरोप लगाएपछी केही बेर दुबै पक्ष बीध घम्सा घम्सी परेर एक आपसमा अन्य दिनको भन्दा तल्लो स्तरको भाषा समेत एक अर्कालाई बोल्न पुगेका थिए ।

बैठकमा बिगतमा अन्जान बश भए गरेका गल्तीहरु सुधार गदै निति,नियम र निर्देशक सिद्धान्तको पालना गदै जन अपेक्षा अनुसार काम गदै जाने सहमती भएको सहभागी एक बोर्ड सदस्यले जानकारी दिनु भएको छ । सदस्यका अनुसार नगरपालकिामा भएका वा रहेका सहमती र गतिबिधि मिडियामा नलैजाने पनि सहमती भएको बताएका छन ।
नेपालगञ्ज उप–महानगरपालीकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछी जनताको अपेक्षा र जनचासोको बिषयमा खासै काम नभएको भन्दै आलोचित हुदै जाने क्रम बढदो रहेको छ ।