कोहलपुरबाट ५ किलो ३६८ ग्राम अफिम सहित ३ जना पक्राउ

अफिम सहित पक्राऊ परेका ब्यक्तिहरू । तस्विर: प्रहरी

नेपालगञ्ज १० साउन/ पश्चिम नेपालमा लागु औषधको बिगबिगी कस्तो छ भन्ने कुरा मंगलबार कोहलपुरमा प्रहरीले बजार मुल्य करोडौं रुपैया बरावरको ठुलो परिमाणमा लागु औषध अफिम सहित ३ जनालाई  पक्राउ घटनाले थप उजागर गरेको छ ।

लागु औषध अफिम कारोबार गरीरहेका छन भन्ने बिशेष सुचनाको आधारमा  लुम्विनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिको संयुक्त टोलीले साउन ९ गते दिउसो अन्दाजी ४:३० बजे बाँकेको कोहलपुर नगरपालिका वडा न.११ बसपार्क स्थित कोहलपुर कटेज रेष्टुरेष्ट एण्ड लजको कोठा न.१०६ मा ५ किलो ३६८ ग्राम अफिम ,३ थान मोबाईल सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका ब्यक्तिहरु :-

१.जुम्ला जिल्ला तिला गा.पा.वडा न.३ बस्ने बर्ष ४१ को हरी प्रसाद भट्टराई ।

२. सोही ठाउँ बस्ने बस्ने बर्ष ३० को देबी प्रसाद भट्टराई ।

३. ऐ.ऐ..बस्ने बर्ष ४० को भवानी प्रसाद भट्टराई ।

पक्राऊ परेका ब्यक्ति तथा घटताका सम्बन्धमा जिल्ला अदालत बाँके बाट दिन ५ दिन  म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको कोहलपुर प्रहरीले जनाएको छ ।