नेपालगञ्ज एयरपोर्टबाट २६ लाख नगद सहित १ जना कर अधिकृत पक्राऊ अर्का फरार Update..

नेपालगञ्ज २५ भदौ/ सोमबार बिहान ८ बजे नेपालगञ्ज एयरपोर्टबाट श्रीएयरको फ्लाइट मार्फत काठमाडौं जान हिडेका २ जना कर अधिकृत मध्य खगेन्द्र सापकोटा २६ लाख नेपाली रुपैया सहित बाँके प्रहरीले पक्राऊ गरेको छ ।

आन्तरिक राजश्व कार्यालय तुल्सीपुर दाँङ्गमा कार्यरत कर अधिकृतहरु खगेन्द्र सापकोटा र दीपक पौडेल श्री एयर मार्फत पैसाको झोला बोकेर बिहानै काठमाडौं हिडेकोमा नेपालगञ्जको एयरपोर्ट गेटमा रहेको एक्सरे मेसिनमा आफुले भिरेको झोला प्रहरीले बाध्यतावश चेकिङको लागी मेशिनमा राखेकोकोमा मेशिनले उक्त झोला भित्रबाट हजार- हजार नोटका गड्डी फेला पारेको थियो ।

२६ लाख नगद सहित उडन खोजेका २ जना कर अधिकृत मध्य १ जना दीपक पौडेल भने घटना स्थलबाट ततकाल बाहिरिएर बेपत्ता रहेको राँझा एयरपोर्ट सुरक्षार्थ खटिएको सुरक्षा स्रोतले बताएको छ ।

नेपालमा जुनसुकै प्रयोजनका लागि किन नहोस ९ लाख ९९ हजार ९९ रुपैया भन्दा बढी बोकी हिडनेलाई सरकारी कर्मचारीलाई अख्तियार एवम सम्पती शुद्धिकरण ऐन आकर्षित हुन्छ भने ब्यापारीलाई कालोवजारी र सम्पती शुद्धिकरण आकषित हुने कानुनी व्यवस्था रहेको छ ।

उक्त घटनाको बाँके प्रहरीको मुद्दा फाँटले घटनास्थल मुचुल्का गरी कर अधिकृत सापकोटालाई नियन्त्रणमा लिएको छ भने निजले उक्त पैसा आफनी नभएर अर्को ब्यक्तिको भएको प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् भने अर्का ब्यक्ति  दीपक पौडेल घटनास्थलबाट फरार भएकाले प्रहरीले घेरावन्दी गरी खोजी कार्य जारी राखेको छ ।

विज्ञापन…