चटयांग लागेर दैलेखमा १ जनाको मृत्यू ९ जना घाईते

 

दैलेख २ असोज/ दैलेख जिल्लाको महाबु गाउंपालिका वडानम्बर ३ मालिकामाई मन्दिर नजिक रहेको सल्लाको रुखमा सोमबार सांझ करिब ५ः३० बजे चटयांक लागेर स्थानिय किशोर दाहालको मृत्यू भएको छ ।

मदन भण्डारी फाउण्डेशन दैलेखका अध्यक्ष चन्द्र प्रशाद दाहालको छोरा किशोर दाहालको चटयांक लागेर किशोरको घटनास्थलमा नै मृत्यू भएको र सो घटनामा बर्ष ५२ को लाल बहादुर बिष्ट गम्भिर घाईते रहेकाले उपचारको लागि बीरेन्द्रनगर सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

उक्त घटनामा सल्लाको फेदमा ओत लागीरहेका १० जना मध्य अन्य ८ जना पनि घाईते भएकोमा जिल्ला अस्पताल दैलेखमा उपचार पछी घर फर्किएको दैलेख प्रहरीले जनाएको छ ।