बर्दियाका सन्तोष सोनीले कैलाली प्रहरीलाई २१ तोला सुनको मुल्य र थप ४ लाख बुझाएर छुटे

 

नेपालगञ्ज २७ असोज / जताततै प्रक्रिया मिलाएर भ्रष्टाचार गर्ने संस्कृती मौलाएको बेला कैलाली प्रहरीले एक घटनामा रकमकलम गर्नु कुन ठुलो कुरा भयो र ?

घटनाका बारेमा अख्तियारलाई थाह भए पनि छानबीन गर्नमिल्ने ! सरकारका दलका आसेपासे दलेहरु अपराधजन्य घटनामा सहजीकरण गर्ने र मिलेर झवाम्म पैसा खाने यस्तै देखिएको छ जताततै अनि कैलाली जिल्ला प्रहरीको मुद्धा फांटमा किन नहोस ? ।

घटना बिवरण अनुसार भारत पञ्जाब पठानकोट स्थित मनिश पोधारको घरबाट २.४ केजी सुन र करिव १६ करोडको हिरा जडित हार चोरी तथा ब्यवस्थापन घटनामा नेपालगञ्जका सन्तोष सोनीको पनि संलग्नता रहेको घटना अनुसन्धानको क्रममा बयानमा अभियुक्त पक्षबाट खुल्यो ।

कराडौं रुपैया बराबरको धनमाल चोरी घटनामा पिडित पक्षको सूचनाको आधारमा पुप्पा नाम की एक जना महिला पक्राउ परेपछी अभियुक्तले सुगा रटाई गरेर घटनाको सम्पूर्ण बिवरण कैलाली प्रहरी समक्ष भनेपछी कैलाली धनगढी–३ चौराह नजिक जुनु सुनचांदी पसल गर्दै आएका त्यस संघका नेता समेत बनेका दीपेन्द्र सोपलाई कैलाली प्रहरीले पक्राउ ग–यो ।

प्रहरी अनुसन्धानबाट  घटनामा नेपालगञ्जका सन्तोष सोनीको नाम पनि त्यसमा आयो । नेपालगञ्ज बागेश्वरी मोड नजिक पसल भएको सुन ब्यापारी सन्तोष सोनीले चोरी गरि ल्याएको मध्य हिरा जडित बहुमुल्य हार खरिद गरेको बयानमा खुल्यो ।

सन्तोष सोनीलाई पक्राउ गर्न कैलाली प्रहरीले बांके प्रहरीलाई सहयोग गरिदिन अनुरोध ग–यो । बांके प्रहरीले बागेश्वरी मोडमा सुन पसल सञ्चालन गरिरहेको सन्तोष सोनीलाई खोज्दै जाने क्रममा पहिल्य नेपालगञ्जको फुलटेक्रा स्थित हडियाबाबा लाईनमा घर भई बागेश्वरी मोडमा सुन पसल सञ्चालन गरेका सन्तोष सोनीलाई पक्राउ गरि कैलाली प्रहरीलाई पठायो ।

पहिलो पटक पक्राउ परेका नेपालगञ्ज घर भई हाल बर्दिया गुलरिया बस्ने सन्तोष सोनी (ए)

कैलाली प्रहरीले पनि सन्तोष सोनीलाई पक्राउ पुर्जी थमाएर इन्ट्रोगेसन सुरु ग–यो । इन्ट्रो्गेसनमा प्रहरीले हाल अनुसन्धान गरिरहेको भारत पञ्जाब पठानकोट स्थित मनिश पोधारको घरबाट चोरी भएको घटनासंग सम्वन्धीत नभएको र बरु बिल नभएको अरु घटनाको करिब २१ तोला सुन किनेको भन्दै घटना बिवरणको सुगा रटाई गरेर प्रहरी समक्ष बयान  दिए ।

प्रहरीलाई पनि के चाइयो ! बस मौका यहि हो भनेर आफुहरुले खोजेको सन्तोष सोनी यो नभएको र यस घटनामा उसको केही संलग्नता नभएको पाइएपछी प्रहरीले उक्त २१ तोला सुन कहां छ ल्याउ भनेर दवाब दिईरहे ।

प्रहरीको इन्ट्रोगेसन पछी सन्तोष सोनीले २१ तोला सुन आफुसंग नभएको बारम्बार बयान दिएपछी त्यती २१ तोला सुन बराबरको नगदै दिन प्रहरीले दवाब दिएपछी २१ तोला सुनको हालको मुल्य बराबर दिन दवाब दिएको घटना प्रकृतिबाट देखिन्छ ।

सन्तोष सोनीले आफुले पहिला नेपालगञ्जको बागेश्वरी मोडमा नै सुन पसल सञ्चालन गरेको र हाल उक्त पसल भाईले सञ्चालन गर्ने र आफुले बर्दियाको सदरमुकाम गुलरियाको नापी कार्यालय सगै उत्तर तर्फ सटेको ठाउंमा पहिला स्यांग्जाली नाम गरेको पसल र घर किनेर हाल त्यतै कारोबार गरिरहेको प्रहरी बयानमा बताएपछी प्रहरीले आफुलाई गतिलै उहुउहुु..फेला परेको अनुभुती गरेको उक्त घटनाको पिडितले हामीसंग गरेको कुराकानीको क्रममा खुलेको छ ।

प्रहरी कस्टडीमा प्रहरी इन्ट्रोगेसन झेल्न बाध्य अन्तत सन्तोष सोनी (ए) ले २१ तोला सुन बराबरको हुन आउने नगद र थप ४ लाख बुझाएर आफु निस्किएको पनि हामीसंगको मोबाईल टेलीफोन कुराकानीको क्रममा बताउनु भएको छ ।

उक्त बर्दियाका सन्तोष सोनी र नेपालगञ्जका सन्तोष सोनी घटनाका सम्वन्धमा कैलालीका प्रहरीका प्रहरी प्रमुख उपरिक्षक देवेन्द्र पाल, प्रवक्ता एवम डिएसपी कुलदीप चन्द र हालका मुद्धा फांट प्रमुखसंग पनि दुई वटै घटनाका सम्वन्धमा निजहरुका मोबाईल नम्वरहरुमा पटक–पटक कल गरेर घटना के–कसरी मिल्यो भन्ने बिषयमा चासो राखेका थियौ ।

मुद्धा फांटका इन्चार्ज प्रहरी निरिक्षक लोकेन्द्र क्राकीले उक्त घटनामा आफु संलग्न पनि नभएको र उक्त घटना हुदा आफु नभएकोले आफुलाई केही थाह नभएको बरु प्रवक्तालाई सोध्न भन्नु भएको छ…थप भनाई अर्को केसमा ।

कैलाली प्रहरी प्रवक्ता डिएसपी कुलदीप चन्दले उक्त बिषय मुद्धा फांटमा नै हुने भएकाले त्यता सम्पर्क गर्न र आफुले जानकारी दिनु भनेको बताउनु भयो तर पछी मुद्धा फांटले जानकारी दिन मानेन र जे भएको हो माथीकै आदेशमा भएको भनेर फोन राखेर फेरी पटक पटक गर्दा पनि मोबाईल फोन उठाउनु भएन । उक्त घटनाका सम्वन्धमा कैलाली प्रहरी प्रमुख देवेन्द्र पालले आफु अनुगमनमा कार्यालय बाहिर रहेको र प्रवक्तासंग सम्पर्क गर्न भन्नुभएको थियो भने पुन: कार्यालयको मोबाईल नम्बरमा कल गर्दा उठाउनु भएन ।

कैलाली प्रहरीका तिनै जना जिम्मेवार ब्यक्तिसंग गरिएको कुराकानी र बिल नभएको २१ तोला सुन खरिद गरेका हाल बर्दियाका सन्तोष सोनी बीच गरेको कुराकानीमा त्यहां पनि प्रक्रिया मिलाएर ठुलो रकम लेनदेन अर्थात भ्रष्टाचार भएको बिषयमा सूचना दिन आनाकाली गर्ने ब्यवहारले पनि त्यस्ता बिषयको कस्ले अनुसन्धान गर्ने र किन कार्बाही गर्ने ?

जिल्ला प्रहरी कार्यालय कैलालीले सुन काण्डको अनुसन्धान मात्र होइन समाज जागरणका राम्रो काम अन्तरगत स्थानिय निकायहरुसंगको समन्वयमा र मातहत इलाका प्रहरी कार्यालयहरुको सहकार्यमा लागु औषध नियन्त्रण महाअभियान २०८० भने सञ्चालन गरेर राम्रो काम गरेको पनि देखिएको छ ।

कैलाली प्रहरी मातहतका ईलाका प्रहरी कार्यालयहरुले स्थानिय बुद्धिजिवी, समाजसेवी, जनप्रतिनिधि, शिक्षक, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा आमा समुहका प्रतिनिधिहरु संग बर्तमान प्रहरी प्रमुख बसन्त कुंवरको बिशेष चासो रहेको लागु औषध नियन्त्रणमा अभियान सञ्चालन गरेर साथ दिइरहेको देखिएको छ ।