कोहलपुरमा आइसोलेसन बसेका ब्यक्तीबाट आत्महत्या

१२ बैशाख, नेपालगञ्ज / कोरोना संक्रमण भई होम आईसोलेसनमा बसेका ६० बर्षिय बम बहादुर खत्रीले शनिबार सांझ आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

बांकेको कोहलपुर नगरपालिका वडानम्बर ९ पिपरी पश्चिम झण्डवा घर भएका खत्रीले आफु बिरामी भई गत बैशाख ३ गते कोहलपुर स्थित मेडिकल कलेजमा  आरटि-पिसिआर माध्यम मार्फत कोरोना संक्रमण परिक्षण गराएकोमा  रिपोट पोजेटिभ आएर आफनै घरमा आएसोलेसनमा बसेका थिए ।

स्वास्थ्य अवस्था सामान्य रहेकै अवस्थामा हिजो शनिबार साझ ६ बजेर ४५ मिनेट जांदा आइसोलेसन बसेकै ठाउंमा बम बहादुर खत्री झुण्डिएर आत्महत्या गरेको प्रहरीले कोरोना संकट ब्यवस्थापन समितिलाई जानकारी दिएको फोकल पर्सन तेज वलीले बताउनु भएको छ ।