बांके प्रहरी प्रमुख परिवर्तन सगै नेपालगञ्जका सबै क्यासिनोमा पुग्यो प्रहरी टोली ….

अबैध क्यासिनो बन्द गर्न भनिएको हाल पनि सञ्चालनमा रहेको सुरेन्द्र सिंहले नेपालगञ्जमा सञ्चालन गरिरहेको क्यासिनो ।

 

नेपालगञ्ज १६ कार्तिक / बांके प्रहरीले नेपालगञ्जमा सञ्चालित सबै क्यासिनोहरुको अखडामा एक चक्कर अनुगमन सम्पन्न गरेको छ । यस्तो प्रहरीको अनुगमन बांकेमा प्रहरी प्रमुख परिवर्तन संगै पहिलो पटक देखिएका हो । मंगलबार सांझ र बुधबार सम्साझै करिब ७ बजे देखि क्यासिनोको अनुगमन गरेको प्रहरी टोलीले मंगलबार ३ वटा र बुधबार ४ वटा क्यासिनोको अनुगमन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बांकेको प्रहरी प्रमुखमा हालै सरुवा भएर आउनु भएका एसपी सुभाष चन्द्र बोहराको निर्देशनमा लामो समय अख्तियारमा बसेर वडा प्रहरी कार्यालय नेपालगञ्जको प्रमुख भएर आउनु भएका प्रहरी निरिक्षक हरि बिसिको कमाण्डमा खटिएको प्रहरी टोलीले ति क्यासिनो सञ्चालित हलमा गएर अनुगमन गरेको हो ।

नेपालगञ्जका क्यासिनोमा राती करिब १० बजेबाट जुवा सुरु हुनेगरेकोमा वडाको प्रहरी टोलीले भने सांझको ७ बजेबाट नै अनुगमन गरेको छ ।

क्यासिनो नियमावली २०७६ अनुसार क्यासिनोको जुनसुकै बखत राज्यका जिम्मेवार निकायहरु राजश्व, प्रहरी देखि प्रशासनले अनुगमन गरि नियमन गर्नसक्ने ब्यवस्था रहेको छ । मंगलबार र बुधबार क्यासिनो अनुगमनको क्रममा ति क्यासिनो सञ्चालकहरुको बिवरण देखि अन्य आवश्यक बिवरण संकलन गरिएको अनुगमनमा गएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

नेपालगञ्जमा क्यासिनोको नाममा भित्र तथा बाहिर जुवा अडडा सञ्चालन गर्ने संगठित गिरोहहरुको च्यानल देखि क्यासिनोको नाममा खेल्ने खेलाउने जुवाडे र धुपौरेहरु दर्शकहरु समेतका जुवा अडडा र खालमा अनेकौ किवदन्ती बनेर बाहिरिन थालेका छन ।

पूर्बी तराईको जिल्लाबाट प्रहरी प्रधान कार्यालय तानिएर जगेडाको झै बस्नुभएका हाल सरुवा भएरआउनुभएको प्रहरी प्रमुख सुभाष चन्द्र बोहरा नायब उपरिक्षक पदमा कालीकोटको प्रहरी प्रमुख रहदा निर्बाचणको क्रममा म्यादी प्रहरीको मृत्यू घटना चर्चित बनेको थियो भने बांकेमा संकटकालको समयमा युनिफाइट कमाण्ड अन्तरगत निरिक्षक पदमा हुदा गुल्ममा केही समय कार्यरत रहेको अनुभव बोहरासंग रहेको छ ।

बांकेको बिभिन्न ठाउंमा सञ्चालित अबैध क्रसर उद्योग देखि घरबांस बिल्लिबाठ हुने गरि क्यासिनोको नाममा नेपालगञ्जमा सञ्चालित जुवा अडडा र त्यसका दलालहरु नियमन गर्ने दे्खि मसाज सेन्टरका नाममा अबाञ्छित क्रियाकला रोक्नुपर्ने टडकारो चुनौती देखिएको अवस्था  छ ।

प्रहरी प्रधान कार्यालय स्रोतले बांकेको नेपालगञ्जमा अबैध र बैध भनिएका क्यासिनोहरुको सम्पूर्ण बिवरण केही दिन पहिला डकुमेन्ट सहित मागेर बढी चासो लिईरहेकोमा नर्या एसपीलाई त्यसबारेमा ब्रिफिंग गरेर पठाईएको र त्यसको कार्यन्वयनको पाटो हेर्न बांकीरहेकोमा मिडियाले त्यसलाई वाचडगको रुपमा हेर्न पनि अनुरोध गरेको छ ।

अनुगमन गरेका नेपालगञ्जका क्यासिनोहरुको छोटकरी बिवरणहरु…..

    • बझांग घर भई काठमाण्डौं वडानम्बर ४ मा बस्दै आउनुभएका सुरेन्द्र बहादुर सिंहद्धारा होटेल ड्रिमल्याण्डमा सञ्चालित हयाप्पी आवर प्रा.लि. क्यासिनो ।
    • काठमाडौं स्थित होटेल मल्लमा बंगाली तथा श्रीलंकनको सयुंक्त ब्यवस्थापनमा सञ्चालित बिगवेल प्रा.लि.द्धारा सञलित बेलीस क्यासिनोको शाखाको रुपमा स्नेह होटेल परिसरमा रहेको ब्यासिनो ।
    • जयदेब ठगुन्ना मालिक रहेको जगदिश अग्रवाल प्रवन्धक रहेको सिटि क्यासिनो प्रा.लि ।
    • न्यूरोडमा कल्पत्रु होटेलमा एसएन ब्ल्यू क्लब प्रा.लि.द्धारा सञ्चालित एसएन ब्ल्यू ग्यामिंग जोन क्यासिनो ।
    • स्टारलाइट होटेलमा निलदेबी प्रा.लि.द्धारा सञ्चालित स्टारलाइट क्यासिनो
    • बझांगका प्रताप बम समेत सञ्चलक रहेको होटेल सिदार्थ परिसरमा सञ्चालित ज्याकपट ग्यामिंग पार्लर प्रा.लि. मिनि क्यासिनो
    • होटेल सोल्टी प्रालिको परिसरमा सञ्चालित क्यासिनो ।
    • नेपालगञ्जका माथीका क्यासिनो मध्य हयाप्पी आवरले पहिल्य होटेल स्नेहमा सञ्चालनका लागि स्वीकृत लिएकोमा सामान्य होटेल ड्रिमल्याण्डमा सरेको  नेपाल–भारत सिमा भन्दा करिब २ं.५ किमि अर्थात अन्तराष्ट्रिय सिमा कानुन बिपरित सञ्चालन भइरहेको त्यस क्यासिनो सञ्चालन कम्पनीले सरकारलाई बर्षो देखिको राजश्व पनि नतिरेकोले बन्द गर्न सरकारले पटक–पटक परिपत्र गरेपनि स्थानिय सम्वन्धीत निकायहरुलाई लाईन मिलाएर हाल सम्म पनि सञ्चालन भईरहेको छ ।

  • त्यसैगरि स्नेह होटेलमा सञ्चालनमा रहेको क्यासिनो पनि चार तारे होटेलमा स्वीकृत दिने प्रावधान बिपरित माथी देखिकै मिलेमतोमा उक्त होटेलमा पनि क्यासिनो स्वीकृत गराएर सञ्चालन भईरहेको छ ।
  • कानुनी रुपमा बैध क्यासिनोले प्रति अडडा प्रति महिना १ लाखका दरले बुझाउने गरेकोमा गैर कानुनी क्यासिनोको नाममा रेट बढेर ढेड लाख बुझने–बुझाउनु गरेको सम्वन्धीत जानकारीहरुले दाबी गर्नुभएको छ भने यस्को स्वतन्त्र रुपमा पुष्टीभने भएको छैन ।
  • त्यसै गरि बागैश्वरी मन्दिरका शिव भगवानको नाममा दानमा दिएको जग्गालाई मिलेमतोमा दर्ता गरि खरिद बिक्री गरिएको र पछील्लो पटक सुरेन्द्र बहादुर सिंह भन्ने सुदुरपश्चिका ब्यक्तिले होटेल डायमण्ड प्रा.लि.का नाममा सञ्चालन तयारी भईरहेको ठाउं धार्मिक क्षेत्र अर्थात हिन्दुहरुको बागेश्वरी, काली र हनुमान गढी मन्दिर जोडिएको नजिकै सिखहरुको गुरुद्धारा र मुस्लिमहरुको मस्जिद रहेको ठाउंमा क्यासिनो सञ्चालनको लागि ब्यापक तयारी भईरहेको छ ।
  • ठाउमा हाल गैर-कानुनी रुपमा सञ्चालनमा रहेर पनि सरकारलाई राजश्व समेत नतिरेको हयाप्पी हावर क्यासिनो सार्ने अन्तीम तयारी गरे पनि मन्दिरको जग्गा दर्ता काण्डमा छानबीन निकायले अध्ययन अनुसन्धान सुरु गरिसकेको र क्यासिनोको बांकी बक्यौता नतिरेका कारण सारेर खेलाउने पनि झन्झट सिहलाई आईलागेको अवस्था छ ।

पछील्लो पटक झन मिलेमतोको भ्रष्टाचारले देश चुर्लुम्मै डुब्न लागेको अवस्थामा  क्यासिनो ऐन बिपरित मिलेमतोमा सुरेन्द्र सिंहले त्यस डायमण्ड होटेलमा क्यासिनो सञ्चालनको अनुमती नलेलान पनि भन्न सकिन्न ।

होटेल सिटि र न्यूरोडको कलपत्रुमा सञ्चालित क्यासिनो पनि चारतारे होटेलमा मात्र अनुमती दिने हालको क्यासिनो ऐनको मापदण्ड बिपरित सम्वन्धीत मन्त्रालयकै मिलेमतोमा ति होटेलहरुमा पनि क्यासिनो सञ्चालन गर्न अनुमती दिएर सञ्चालन भईरहेकोमा क्यासिनोले समयमै सरकारलाई बुझाउनु पर्ने राजश्व देखि आर्थिक तथा अन्य बिवरणहरु हरेक १५ दिनमा सम्वन्धीत निकायमा बुझाउनु पर्ने क्यासिनो तथा आर्थिक ऐनको पालना गरेको देखिदैन ।

नेपालगञ्जका क्यासिनोको नाममा जुवा खेल्न नगद पैसा अर्थात नगद दिएर क्यासिनोका क्वाईन र त्यसका लागि खेलाडीको सम्पूण बिवरण देखि उस्ले खेलका लागि प्रयोग गर्ने पैसाको समेत बिवरण क्यासिनोले अनिबार्य राख्नुपर्ने प्रावधान रहेको छ ।

खेलाडीको बिवरण देखि उसको जित हार समेतको बिवरण भरेर १० लाख भन्दा बढी जित हार भएमा अभिलम्भ त्यसको रिपोर्ट कर कार्यालयमा बुझाउनु पर्ने हुन्छ तर यस्ता नियमलाई मासिक खर्चका कारण क्यासिनोलाई छुनेगरेको छैन ।

क्यासिनोहरुले पालना गर्नुपर्ने बित्तिय नियमहरु जुन नेपालगञ्जका क्यासिनोले पालना गरेको देखिदैन ।

भारतिय प्रर्यटकको नाम भजाएर नेपालगञ्जमा कानुनी र गैर कानुनीरुपमा ७ वटा क्यासिनो सञ्चालन रहेकोमा भारतका नागरिकले पनि नगद रु २५ हजार भन्दा बढी बोक्न नपाउने र बोक्नै परे नि केका लागि भन्नै आधार चाहिने भएकाले भारतबाट नेपालमा क्यासिनो खेल्न आउन नगद पैसा लिएर आउन झन्झट नै छ भने नेपालमा पनि एक पटकमा १० लाख भन्दा बढी बोक्न नपाउने र बोक्नै परे इस्पष्ट स्रोत खुलेको प्रमाण साथमै हुनुपर्ने ब्यवस्था रहेको छ ।

यस्ता कानुन कार्यन्वयन गर्ने निकायहरु आम्दानीको माध्यम बनाएर वास्तै नगरेर बसेको देखिन्छ भने क्यासिनोमा लगानी गर्ने बिचौलिया दलालले क्यासिनो र बाहिरी जुवामा लगानी गरेर रोडबाट करोड पति बनेको नेपालगञ्जमा उदाहरण प्रसस्त देखिन थालेका पनि छन ।

एउटा उदाहरणिय घटनामा त कति सम्म देखिएको छ भने एउटा सामान्य युवा लहै–लहैमा स्थानिय ग्यांगमा लागेर बिपि चौक पछाडीको बगैचामा खजुरातिरका बिजय गुरुंग कुटपिट तथा ज्यान मार्ने अभियोगमा बांके प्रहरीले फरार सूचिमा राख्छ ।

ति ब्यक्ती उक्त घटनाको फरार सूचिमा रहेकै समयमा ततकालिन समयमा खाडीमुलुक गएर केही बर्ष उतै बसेर नेपाल फर्किएपछी नेपालगञ्जमा पहिल्य आफनै टोल-छिमेकमा सञ्चालित जुवा अडडाका जुवाडे देखि पछी क्यासिनोका जुवाडेलाई लगानी गरेर करोडपती बनेका मात्र छैनन उनले लगानी गरिदिएर सहयोग गरेकोमा उनले त एउटा मंहगो कार खरिदको लागि उपहार समेत पाएको घटना अझै चर्चा मै रहेको छ ।

करोडपती जुवाडे खुश भएर साथीभाईको हिसाबले ति जुवामा लगानी गर्ने युवालाई कार खरिदका लागी  सुरुमा कार सोरुमलाई बुझाउ ठुलो रकम समेत सहयोग घटना अझै सम्म सेलाएको छैन । पछी आफै किस्ताबन्दीमा कारको मूल्य चुकाउदै जानुभएका ति ब्यक्तीको उक्त महंगो कार हाल यो रिपोर्ट संकलन गर्दा सम्म भने नम्वरको कार सोरुपमा मर्मतको लागी थन्किएको अवस्थामा भेटिएको थियो  ।

निजले यस अघि जुवा खालबाट पक्राउ परेर करिब १४ दिन हिरासतमा बसेर निस्किएका र आफनो ब्यबसायमा कर छलीका घटनामा पटक–पटक क्षती बेहोदै आएका पहिल्यका सामान्य नागरिक हालका करोडपती जुवाडेले उक्त रकम गिफट गरेको सम्भव त पहिलो घटना थियो ।

यस्ता जुवा खालमा जुवाडेलाई लगानी गर्ने घटनामा जुवाडेबाट चेक लिएर लगानी गर्ने र जुवाडेले हारेपछी रकम फिर्ता आउन गारो परेपछी जिल्ला प्रहरी कार्यालयमा चेक अनादरको मुद्धा हाल्ने देखि जुवाडेले पैसा तिर्न नसकेपछी कारगार चलान सम्मका घटना नेपालग्ञ्ज मै देख्न पाइएको छ ।

आफु पनि खेल्ने र जुवामा लगानी गर्ने गरेकी खजुरा मानपुरकी पटके निरौली नामले प्रख्यात नारीले नेपालगञ्ज सुनार मण्डीका अमित सोनीलाई करिब ५० लाख घर गृर्भि राखेर लगानी गरेकोमा उक्त घर त्यस अघि नै अमितले अन्यत्र दृष्टि बन्धक राखेर लिएको रकम जुवामा हारेपछी निरौलीको रकम डुब्ने भएपछी कागजात सहित प्रहरीकोमा निरौली गएकोमा प्रहरीले अमितलाई मु्द्धा चलाएर अमित हाल नेपालगञ्ज कारागार पुगेका छन ।

जुवामा बिचौलियाका उदाहरण त कति छन कति ? यि माथीका  उदाहरण पात्र मात्रै हुन । क्यासिनोको नाममा घरवार बिहिर भएकाहरुको त झनै कुरै छोडौ ! 

केही बर्ष अघि दांगतिर नै रमाई रहनुभएका साथीभाईसगै नेपालगञ्ज आएर सानो-तिनो ठेक्का-पटटा र जग्गाको दलाली तथा किनबेच गर्दै आउनुभएका साथीभाइसंग करोड भन्दा तलका कुरा नगर्ने छबी नारायण जुवा हारेर घरको टेवल बेचेर तरकारी किनेर खाएको एउटा उदाहरण जुवाडे बीच नै चर्चा मै छ तर पनि जुवाडेहरु जुवा खेल्न छोडेका छैनन ।

नेपालगञ्जमा क्यासिनोको नामा जुवा खेल्न दांगका गिरी बन्धु देखि सुर्खेत र बर्दिया जुवाडेहरु आएर नेपालगञ्जका बिभिन्न होटेलमा बसेर सांझ करिब १० बजेतिर क्यासिनो भएका होटेलका कोठामा पुग्ने र रातभरी कटपत्ती खेरेर फर्कने गरेको पाइएको छ ।

सामान्य ठेकेदारी कार्यले जिवन गुजारा गरिहरेका बर्दियाका नरे खत्री त्यही क्यासिनोमा खेलेको जुवाले आर्थिक रुपले जोगी पल्टने लाईनमा पुगीसकेका छन भने दांगका मिन गिरीले क्यासिनोमा हारेर डुबेको पैसा कसरी उठाउने भनेर साथीभाईसंग पैसा सापटी माग्दै क्यासिनो छिर्न अझै छोडनुभएको छैन ।  नेपालगञ्ज कारकांदोमा हल्केपुल्के ठेकेदारीले राम्रै आर्थिक अवस्थामा पुगिसकेका प्रकाश  जेठी श्रीमती बितेदेखि दशा लागे जसरी दशा लागेको लाग्यै छ ।

जुवा हारेकै कारण कान्छी श्रीमती समेत खटपट परिरहने प्रकाशले जुवामा लिएको ऋण तिर्न कारकांदोमा रहेको घर बिक्री गर्नुपर्ने भन्दै ग्राहक खोजी रहेको भुक्तभोगीहरु सुनाउने गरिरहेका छन । जुवा किसिका नहुवा अर्थात जुवा खेल्न भन्दा खेलाउनेहरुको हुने यो हिन्दी कथनले बुझाउदा बुझाउदै क्यासिनोको नाममा नेपालगञ्जमा नेपाली छिर्ने जुवाबाट सत्यानाश हुनेक्रम जारी नै रहेको छ भने त्यसलाई नियन्त्रण गर्ने निकायहरु मासिक रुपैया बुझेर खेल्ते रहो और खेलाते रहो हिन्दी उखान चरितार्थ गरि बस्ने गरेका छन ।

अरु थप नेपालगञ्जका क्यासिनोसंग सम्वन्धीत समाचार पढक तलको लिंक क्लिक गर्नुहोस …

बांकेमा मन्त्रालयको लिखित निर्देशन अटेरीको अवस्था ! क्यासिनोको नाममा नेपालगञ्जमा जुवा अडडाहरु सञ्चालनमा – HamroSamrachana