कारकांदो घटनाले अमेरीका उडने २५ बर्षिय आस्थाको सपना बिलायो

घटनामा परेको स्कारपियो गाढी . फोटो: बिकल भटटराई

नेपालगञ्ज १६ पुष / नेपालगञ्जको रामबाग बस्दै आएकी २४ बर्षिय आस्था शाहको अमेरीका उडने अन्तिम तयारी इस्बि सम्वत २०२४ पहिलो प्रहर सगै अस्ताएको छ ।

आस्था शाह र साथी शाहना शाह सगै कार्यक्रम पछी घर तर्फ फर्किने क्रममा नेपालगञ्ज–१८ कारकांदो सिक्टा कार्यालय नजिकै सुर्खेत रोडको किनारामा सुदुरपश्चिम प्रदेश ०१–००१–३४६४ नम्बरको स्कारपियो गाढीले एक्कासी ठक्कर दिएको थियो ।

उक्त घटनामा घाईते भएका आस्था र शाहना र अर्का एक जना पुरुष गम्भीर घाईते भई उपचारको लागी नेपालगञ्ज मेडिकल कलेजमा लगिएकोमा आस्था र अर्का एक जना सनाखत हुन नसकेका पुरुषको उपचार कै क्रममा मृत्यू भएको छ भने शाहनाको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बांकेमा कार्यरत डिएसपी एवम बांके प्रहरी प्रवक्ता नारायण डांगीले बताउनु भएको छ ।

न्यू इयर इभ अर्थात नर्या बर्ष २०२४को स्वागत तथा २०२३ को बिदाई गर्ने गरि नेपालगञ्जका केही होटेलहरुले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम राखेकाले आस्था शाह पनि आईतबार सांझ भृकुटीनगर घर भएकी २५ बर्षिय शाहना शाह साथी सगै कारकादो स्थित एक होटेलमा आयोजित एक कार्यक्रममा सरिक हुन पुग्नुभएको थियो ।

भारतको मुम्बईमा बसेर अध्ययन गनुएभएकी आस्था केही महिना पहिल्य नेपालगञ्ज स्थित सोल्टी होटेलमा जागिरको शिलशिलामा आईपुग्नुभएको थियो । सोल्टीमा काम गर्ने क्रममा अमेरीका बस्दै आएका एकजना नेपालगञ्जका शाह बंशिय युवकले आस्था शाहसंग  केही महिना पहिल्य दुबै जनाको मंगनी रसम पुरा भएको थियो ।

आफनो हुनेवाला श्रीमान सगै अमेरिकामा बस्ने गरि आस्था अमेरीका उडने अन्तीम तयारी गरिरहेको समयमा हुने कुरालाई कसैले छेक्न सक्दैन, भने जसरी आस्था सोमबार राती सदाको लागी अस्थाए सगै आस्थाका सपना पनि बिलाएका छन ।
उक्त घटनाका सम्वन्धमा घटना अन्य सम्वन्धीत पक्षलाई नियन्त्रणमा लिएर आवश्य अनुसन्धान तथा कार्बाही प्रकिैया अगाढी बढाएको प्रहरीले जनाएको छ ।