प्रशासनको सक्रियताले बन्द गरिएका अस्पतालका सेवाहरु सूचारु

२७ साउन, नेपालगञ्ज/  कोरोना कहरका कारण नेपालगञ्जमा रहेका ठुलो अस्पतालमा स्वास्थ्य समस्या देखिएकोमा स्थानिय प्रशासनको चासो र चिन्ता बीच प्रसुती डिपार्टमेन्ट पुन सञ्चालनमा आएका छन ।

कोरोनाका कारण स्थगित गरिएका ति प्रसुती डिपार्टमेन्टमा भएका समस्याहरुलाई स्थानिय प्रशासनसंगको समन्वयमा अस्पताल प्रशासनले तदारुपकताका साथ एक्सन लिएर कार्य सञ्चालन ल्याएको छ ।

नेपालगञ्ज स्थित मेडिकल कलेजको नसिंग होममा कोरोनाका कारण ३ जना लेडिज डाक्टहरु प्रसुती रोग बिशेषज्ञ डा.अंकुर भण्डारी, बालरोग बिशेषज्ञ डा.रोमा बोहोरा, मेडिकल डा.सुमन बर्मा र अन्य ४ जना सिनियर स्टाफ नर्स संक्रमित भएपछी नेपालगञ्जको प्रसुती बिभाग बन्द गरिएको थियो भने अन्य सेवाहरु पनि प्रभाबित बनेका थिए ।

प्रसुती बिभाग समेत अन्य उपचारमा समेत अस्पतालमा समस्या देखिएकाले जिल्ला प्रशासन कार्यालय बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवांगले अस्पताल प्रशासनहरु समक्ष समन्वय गरेर आज मंगलबारबाट देखी अस्पतालहरु पुनः सञ्चालन गर्ने बातावरण निर्माण गर्नुभएको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिहरुले जानकारी दिनुभएको छ ।

त्यसैगरी कोहलपुरमा पनि कोरोनाका बिमारीको मुत्यू पछी अस्पतलामा निर्मलीकरण गरि अस्पतालका सेवाहरु सुचारु गरिएको अस्पतालका सहायक निर्देशक डाक्टर नितेश कुमार कनोडियाले जानकारी दिनुभएको छ ।

यता भेरी अस्पतलामा पनि अस्पतालका प्रमुख प्रकाश थापा अख्तियारको फन्दामा परेर काठमाण्डौमा केही दिन रहनुभएकोमा अस्पतालमा केही दिन समस्या देखिएकोमा थापा आउना बित्तिकै समस्याको समाधान गरिएको अस्पतालले जानकारी दिनएको छ ।

हाल भेरीमा बन्द गरिएको प्रसुती सेवा पनि अस्पताल प्शासनसंग समन्वय गरेर सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले जानकारी दिनुभएको छ ।