प्रधानमन्त्री प्रचण्ड फेरी एमाले तिरै फर्किए ३ सदस्यीय नयां मन्त्रीमण्डल बिस्तार

 

नेपालगञ्ज २१ फागुन / नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा माओबादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजबादी पार्टीलाई समेटेर नयां मन्त्रीमण्डल गठन गर्नुभएको छ।

प्रचण्डले नयां सत्ता गठबन्धन बनाएपछी नयां मन्त्रिपरिषदमा पहिलो चरणमा ३ जना मन्त्रीलाई आईतबार सांझ ५ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराउनु भएको छ ।

नयां गठबन्धन बनेपछी प्रचण्डले पहिलो चरणमा नेकपा माओवादीबाट नुवाकोट–१ का सांसद हितबहादुर तामाङ, एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहनुभएका पर्वत क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका सांसद पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति समेत रहनुभएका डोलप्रसाद अर्याललाई ३ जना बिनाविभागीय मन्त्रीको पद तथा गोपनियताको शपथ गर्नुभएको छ ।