प्रहरी सवार उक्त मिनी जिप सुर्खेत दैलेख सडक खण्डमा पर्ने विनपा १४ साउने पानी स्थित दुर्घटना हुँदा रुकुम घर भएका तारक बहादुर चन्दको ज्यान गएको हो /
दुर्घटनामा गम्भिर घाइते ९ जनालाई थप उपचारको लागि कोहोलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।
उनका अनुसार सामान्य घाइते भएका १५ जनाको क्षेत्रीय स्वास्थ्य अस्पताल कालागाउँमा र देउती नर्सिङ होममा उपचार भइरहेको छ । गम्भिर घाइते हुनेहरुमा प्र.स.नि.गंगा सिँजापति, प्र.ह. कृष्ण कुमाल, प्र.ह. कृष्ण बोहरा, प्र.ह. याम बहादुर क्षेत्री, प्र.ज. भुवन भण्डारी, कृष्ण धरला, पदम प्रसाद चौधरी, धन बहादुर बुढा र प्र.ज. भक्त बहादुर आले रहेका छन् ।
बैशाख ३१ गतेको स्थानिय तहको निर्वाचनमा कालिकोटका २ मतदान केन्द्रमा प्रहरी र विप्लव नेतृत्वको माओवादी बिचको झडपको कारण स्थगित भइ पुनः जेठ ७ गते गरिएको स्थानिय तहको निर्वाचन सम्पन्न गर्न सुर्खेतबाट गएका प्रहरीहरु फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
गाडी अनियन्त्रित भएको कारण दुर्घना भएको प्रहरीले जनाएको छ । गाडीमा २५ जना प्रहरी सवार थिए ।
हाम्रो संरचना । ९ जेष्ठ २०७४, मंगलवार १४:२६