बांके प्रहरी प्रमुख शंकाको घेरामा ! नेपाल-भारत सिमानामा संगठित तस्करीका कारण नेपाललाई ब्यापार घाटामा सहयोग

५ जेष्ठ, नेपालगञ्ज/  शुक्रबार बांकेको बेतहनी इलाकाबाट १ मिनि ट्रक केराउ पक्राउ परेको छ । नेपालबाट भारत तर्फ लैजादै गरेको अन टेस्ट नम्बर रहेको उक्त १ ट्रक केराउ बांकेको बेतहनी क्षेत्रमा परिचालित प्रहरीले पक्राउ गरी कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय बांकेमा बुझाएको छ ।

शुक्रबार बेतहनी इलाकाबाट पक्राउ परेको अन टेस्ट लेखिएको मिनि ट्रक नेपालबाट भारत तर्फ समान तस्करीको लागि ३ जना ब्यक्तीहरु बांके जयसपुरका भवकी, नन्कु तेली र हिरमनियाका देबी गुप्ताको साझेदारीमा उक्त ट्रक किनेका थिए ।

टाटाको मिनि ट्रक किनेको र सोही मिनि ट्रकबाट गाउंतिर समान सप्लाई गर्ने भन्दै सिमाना क्षेत्रमा गएर संगठित रुपमा समान तस्करी गर्ने क्रममा शुक्रबार उक्त ट्रक सहित ८० बोरी केराउ प्रहरीले पक्राउ गरिएको हो ।

उक्त घटनाका सम्वन्धमा देबी गुप्ताले भने भवकी बाट नगद सापटी लिएर ट्रक आफुले किनेको हाम्रो संरचनासंग टेलीफोनको क्रममा बताउनु भयो । पार्टनरहरुले  लाईन मिलाएर केही पल्यि देखी गर्दै आएको उक्त कारोबार पछील्लो १ हप्तामा आफुलाई थोढा टेन्सन भएको टेलीफोन कुराकानीको क्रममा बताउनु भएको छ ।

देबी गुप्ताले कुराकानीको क्रमम नेपालगञ्जको धम्बोजी खजुरा रोडमा रहेका गोल्चा, दुगढ पुजा दालमिल वाला नारायण सबेैले केराउ, मसुरोको कारोबार गर्ने गरेको र पछील्लो पटक नारायणबाट समान नउठाएर बांकेको बिर्ता स्थित नन्कै राइस बिलबाट ८० बोरी किराउ उठाएको बताउनु भयो ।

उक्त केराउ र ट्रक बेहनीका प्रहरी सहायक निरिक्षकको नेतृत्वमा रहेको टोलीले पक्राउ गरि आफनो कुनै कुरा नसुनी सिधै जिल्ला प्रहरी कार्यालयमा लगेको गुप्ताले बताउनु भयो । गुप्ताले कम्दी स्थित प्रहरी चौकी मार्फत हालैे पक्राउ गरेको मुन्नाहरुको ट्रक र ८० बोरि केराउ जिल्ला प्रहरी कार्यालयबाट छुटने र मेरो नछुटने यो त हदै सम्मको अन्याय भएको गुनासो गर्नुभयो ।

उनिहरुको जस्तै बिल भर्पाइ मेरो पनि छ उनिहरुले जे गरे म पनि त्यो गर्न तयार छु तर बांके प्रहरी प्रमुखसंग गएर भन्दा पनि समान र ट्रक भन्सार पठाएरै छोडने भनेकोमा अरुलाई छोडने आफुलाई नछोडन,े पैसा र शक्तीको आडमा प्रहरीले बिभेद गरेको हाम्रो संरचना अनलाईन संग कुरा गर्दै गुप्ताले सिमानामा हाल भैरहेको तस्करी गर्ने ब्यक्ती, समूह, समान र त्यसबाट संगठनको नाममा लाभग्राही ब्यक्तीका बिषयमा समेत पोल खोल्नु भएको छ ।

गत हप्ता नेपालगञ्जको पूर्वी नाकामा रहेको कम्दी प्रहरी चौकीले हल्का चेक जांच गरे जस्तो गर्ने क्रममा ८० बोरी केराउ बोकेको ट्रक नेपालगञ्जबाट राप्ती पारि नरैनापुर हुदै भारत तर्फ लैजाने क्रममा पक्राउ गरि कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय बांकेमा पठाएकोमा उक्त ट्रक र समान बिल भर्पाइ र स्थानिय भुरे–टाकुरे ब्यापारि नेताको आग्रहमा मिलाएर छोडिएकोमा गुप्ताले गुनासो गर्नुभएको हो ।

यस अघि गनापुर प्रहरी चौकीमा रहदा स्थानियले पैसाको मामलामा रिपोर्ट गरेपछी कमदी प्रहरी चौकीमा जिम्मेवारि पाएका प्रहरी नाय निरिक्षक पूर्ण खत्रीले गत हप्ता जिल्लाको निर्देशन बमोजिम उक्त ट्रक पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बांकेमा पठाएका थिए ।

प्रकाउ परेको ट्रक नेपालगञ्जका मुख्य ३ जना र राप्ती पारिका आवश्यक्त अनुसार मुनाफाका हिस्सेदार रहने गरि पार्टनर सिपमा रहेका ब्यक्तीहरुले तस्करी गर्दै आएको स्रोतले बताएको छ ।

नेपालगञ्जमा दांग स्थायी घर भइ हाल नेपालगञ्जको बस पार्कमा बस्दै आएका लिला चौधरी, नेपालगञ्ज बिस्कोरियन टोलका बाबु हल्वाई र अर्का एक चर्चित किराना ब्यापारीका दाजु मुन्ना मन्सुरीले साझेदारिमा काम गर्ने गरेको बताइए पनि बाबुले भने हाल आफुले साझेदारि कारोबार छोडेको बताउने गरेका छन । सोही ब्यक्तीहरुको रहेको उक्त ट्रक र तस्करीको लागि लगिएको उक्त केराउ जिल्ला प्रहरी कार्यालय बांकेले आवश्यक प्रक्रिया पु–याएर छोडेको हो ।

गत हप्ता पनि बांकेको नरैनापुरबाट १ ट्रयाक्टर केराउ भारत तर्फ लैजादै गरेको अवस्थामा शसस्त्र प्रहरी बलले पक्राउ गरेको थियो । उक्त पक्राउ गरिएको ट्रयाक्टर र केराउ छुटाउन सिमा पारि र केही वारिका मिलेर पहरीलाई घेरा हालेर छुटाएर लगेपछी तस्करका सहयोगीहरुको मनोबल बढेको स्थानिय बासिन्दाहरुले जानकारी गराएका छन ।
नेपालमा बिभिन्न तेस्रो मुलुकबाट आयात गरिएको केराउ, मसुरो, सुकमेल, मरिच, सुन, रक्सी र भारतबाटै आयात गरिएको प्रेटोलियम पदार्थ नेपालमा सस्तो भएकोले भारत तर्फ तस्करी भैइरहेको छ ।

तेस्रो मुलुकबाट अनुदान तथा आयात शुल्क छुट भएका समानहरु नेपालमा आयात गरिएको र नेपाल मै समेत उत्पादन भएका केही समानहरुको मुल्य कम भएकोले नेपालको बाटो हुदै भारत तर्फ बिभिन्न समानहरु तस्करी हुने गरेको छ ।
नेपालबाट समान तस्करी गरेर गएको केराउ मसुरो केही समयपछी दालको रुपमा नेपालमै भित्रिने गरेको छ भने सुन मसिनमा गहना बनेर नेपाल मै आउने गरेको स्थानिय ब्यापारीहरुले जानकारी गराउनु भएको छ ।

नेपालमा मसुरो ४४ रुपैया प्रतिकेजी रहेको छ भने भारतमा करीब ६० रुपैया रहेको छ । नेपालबाट भारत गएको मसुरोको दाल नेपालीहरु रुपैडिहा गयर त्यही दाल प्रतिकेजी ८८ रुपैयामा किनेर खाने बानी परेका छन । यसरी यतैबाट तस्करी गरेर मसुरो जाने फेरी त्यही मसुरोको दाल किनेर नेपालीले खाने बानीले नेपाललाइै दोहरो रुपमा ब्यापार घाटा भईरहेको छ ।

अरहर नेपालमा प्रतिकेजी रु १०० मा पाईने गरेकोमा पहिल्य नेपालबाट भारतमा जाने भारतबाट दाल बनेर नेपालमा प्रतिकेजी १५० रुपैयामा भित्रिने गरेको छ ।

केराउ नेपालमा ५० रुपैया प्रतिकेजी भएकोमा नेपालमा दलालहरुले केही दिन अघि बिनाकरण बढाएर प्रतिकेजी ५३ रुपैया पु–याएका छन भारतमा उक्त केराउ ६१ रुपैया प्रतिकेजी रहेको छ ।

यी उपरोक्त नमुना मात्र हो जुन नेपाललाई भारतसंगब्यापार घाटामा मलजल गर्ने छिद्रहरु जुन नियन्त्रण गर्न सके नेपाललाई थोरै भएपनि ब्यापार घाटा कम गर्न सकिने देखिन्छ ।
नेपालबाट भारत तर्फ समान तस्करी कार्यले नेपाललाइ दोहरो नोक्सानी भईरहेको बिषयमा बांके जिल्ला स्थित केही सुरक्षा निकायहरु बीच छलफल गरि नियन्त्रण गर्ने सहमती भएको थियो ।

बांकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले तस्करी नियन्त्रणका लागी जनपद तथा शसस्त्र प्रहरी दुवै संगठनका जिल्ला स्थित प्रमुखहरुलाई निर्देशन दिएको र तस्करी प्रभावकारीरुपमा नियन्त्रणमा आउन नसकेपछी जिल्लाबाट प्रहरी प्रमुखको सरुवा गरिदिन राज्यको केही संयन्त्रबाट गृहमा कुरा पु–याईएकोमा केही दिन पर्खन भनिएको स्रोतले बताएको छ ।

यस अघि बांकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बांकेका बिभिन्न ठाउंमा जिम्मेवारी लिएका प्रहरी इकाईका प्रमुखहरुलाई गत बैशाख २४ गते जिल्ला प्रहरी कार्यालयमा बांकेमा भेला गराएर बांकेका प्रहरी प्रमुखलाई समेत सगै राखेर सबै जिम्मेवार ब्यक्तीहरुले आ–आफनो क्षेत्रमा इमान्दार र जनसेवक भएर काम गर्न आवश्यक निर्देशन दिए पछी केही ठाउंमा तस्करी नियन्त्रणको पयास भए पनि प्रभावकारी कार्यन्वयन नभएको बताइएको छ ।

पछील्लो पटक जिल्ला प्रहरी कार्यालय बांकेमा आएका प्रहरी प्रमुख प्रहरी संगठन भित्र ब्यवसायिक कार्यकुशल भएको अब्बल ब्यक्तीको रुपमा स्थापित ब्यक्ती भएको भनिए  पनि बांकेमा आएर संगठित तस्करीको मामलामा प्रभावकारी रुपमा नियन्त्रण गर्न नसकेको, राप्ती पारिको घटना लगायतका बिषयमाआवाज गृह सम्म पुगेको स्रोतले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बांकेको प्रमुख भएर आउने प्रहरी प्रमुखले बिगतमा प्रधान कार्यालयमा ७ देखी १० वटा काममा प्रगति गरेर देखाउने प्रतिबद्वता गर्ने गरेको पाईएको छ ।
जसमा चेलीबेटी बेचबिखनमा रोकथामको, लागु औषध नियन्त्रण,राजश्वमा बृद्वि, समाजमा प्रभाकारी शान्ती सुरक्षाको ब्यवस्था,अपराध नियन्त्रण तथा आवश्यक अनुसन्धान, ट्राफिक ब्यवस्थापन,समाजिक सदभाव कायम, कानुनको प्रभावकारी कार्यन्वयन र चोरी पैठारी तथा अवाञ्छीत क्रियाकलाप रोकथाम लगायतका रहने गरेका छन ।

नेपाल- भारत सिमाना क्षेत्रमा संगठित रुपमा तस्करी भईरहेको सम्वन्धमा जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी प्रमुख अरुण पौडेललाई कार्यालयको मोबाईल नम्बर ९८५८०५५५५५ मा आईतबार बिहान १० बजेर ९ मिनेटमा टेलीफोन गरि जानकारी लिने प्रयास सफल हुन सकेन ।

सम्बन्धित शीर्षक