बस र ट्रक ठोक्किँदा ५ यात्रुको मृत्यु

– नवीन पौडेल, नवलपरासी 

नवलपरासीको मध्यविन्दु-७ स्थित ४० किलो जंगलमा भारतीय ट्रक र बस ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ५ जना घाइते भएका छन् ।

ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहान साढे २ बजेतिरको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ३९९५ नम्बरको बस र सोही दिशाबाट आउँदै गरेको यु पि ५८ टी ५४७१ नम्बरको भारतीय ट्रक ठक्कर खादा बसमा सवार ४ जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने ट्रकका चालकको उद्धार गर्नेक्रममा मृत्यु भएको हो ।

मृत्यु हुने ४ जनाको  सनाखत भएको छैन ।  भारतीय ट्रक चालक बिहारको बर्गदवा बस्ने २५ वर्षीय रियाज खान रहेका छन् । घाइतेहरुको डण्डास्थित मध्यविन्दु सामुदायिक स्मृती अस्पतालमा उपचार भइरहेको छ ।