विशेष राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार देखि काठमाण्डौंमा

PHOTO: File

२२ बैशाख, काठमाण्डौं/  राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा २४ औं विद्यालय स्तरीय विशेष खेलकुद प्रतियोगिता बिहीबार देखि हुने भएको छ ।
प्रतियोगितामा दृष्टिविहीन, बहिरा र शारीरिक अपाङ्ग तर्फ प्रतिस्पर्धा हुने राखेप अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जानकारी दिनुभएको छ ।

दृष्टिविहीनतर्फ १ सय १० खेलाडीले १६ प्रतिस्प्रर्धा तथा बहिरातर्फ १ सय खेलाडीले १० प्रतिस्प्रर्धामाप्रतिस्प्रर्धा गर्ने छन् । त्यस्तै ७५ खेलाडी सहभागी हुने शारीरिक अपाङ्गतर्फ १० प्रतिस्प्रर्धा समावेश छन् ।

दुई दिने प्रतियोगिताका खेलहरु लगनखेल स्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ । हरेक स्पर्धामा नगद पुरस्कारको व्यवस्था रहेको छ ।