बांकेको खजुरामा कृर्षि तथा पशु चिकित्सा क्याम्पस, यसै बर्ष देखी बजेट आउने

  • नेपाल सरकारले बांकेको खजुरामा कृषी तथा पशु चिकित्सा अध्यन क्याम्पस स्थापना गर्ने कार्य अगाढी बढाएको छ ।  क्याम्पस स्थापनाका लागी सरकारले स्थानिय जन सहभागीता तथा आबश्यक पुर्वाधार अध्ययन गर्न कार्यदल समेत निर्माण गरेको छ ।


देश भरी १२ वटा कृषी तथा पशु चिकित्सा अध्यन क्याम्पस स्थापना का लागी नेपाल सरकारले स्थानिय समन्वका गर्न प्रतिनिधीहरु समेत छनौट गरी सहयोगी तथा अध्ययन कार्यदल निर्माण गरेको हो ।
बांकेबाट इन्द पशाद्र खरेल (आइ.पी.खरेल) स्थानिय प्रतिनिधि छनौटमा पर्नुभएको छ । प्रतिनिधी इन्द पशाद्र खरेलको सक्रियतामा शनिबार बिहान जनता मा.वि.सन्तकुटी खजुरामा बसेको सर्वपक्षिय बैठकले क्याम्पस स्थापनका लागी आवश्यक पर्ने सम्पुर्ण सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले माओवादी केन्द्रका नेता इन्द पशाद्र खरेलको संयोजकमा समिति समेत निर्माण गरीएको छ ।
खजुरामा स्थानिय सर्वपक्षीय बैठक र जनता मा.वि.सन्तकुटीको बिद्यालय ब्यवस्थापन समितिको छुटटै बैठक बसी कृषी तथा पशु चिकित्सा अध्यन क्याम्पस स्थापनाका लागी बिद्यालयलाई आवश्यक पर्ने ६ बिगाह १५ धुर जग्गा दिर्ने निर्णय गरीएको छ ।
वाँकेको खजुरामा कृषी तथा पशु चिकित्सा अध्यन क्याम्पस स्थापनाका लागी खजुरा गाउंपालीकाकोयहि बर्षको बजेट मा नै कार्यन्वयन हुने नेपाल सरकारको परिपत्रमा समेत उल्लेख भइ नेपाल सरकार शिक्षा मन्त्रालयका परिपत्र पाप्त भएकोले छिटटै अध्ययन कार्यदल आई क्याम्पस संचालका लागी प्रक्रिया अगाढी बढने समितिका संयोजक इन्द पशाद्र खरेल (आइ.पी.खरेल) ले जानकारी दिनुभएको छ ।
खजुरामा कृषी तथा पशु चिकित्सा अध्यन क्याम्पस स्थापनाका लागी राजनितिक दलहरु, स्कुल परिवार र समाजसेवीहरुको निरन्तरको पयासले क्याम्पस स्थपन हुन लागेको हो ।
नेपाल सरकाले कृषी तथा पशु चिकित्सा अध्यन क्याम्पस स्थापनाका लागी अध्ययन कार्य गरीरहेका ठांउहरुमा दैलेखको दुल्लु, कालीकोटको मान्म, कैलालीको टिकापुर, रोल्पाको सुलिचौर, स्याङ्गजाको चापाकोट, गोर्खाको च्याङ्गलीघयाल चोक, धादिङ्गको सत्यदेबी, उदयपुरको कटारी, महेत्तरीको वर्दिबास र धनकुटा रहेको छ ।