नेपालगञ्ज उप–महानगरपालीकाको मेयरमा डा.धवल शम्शेर राणा बिजय निश्चित

१८,असार,नेपालगञ्जर/ डा.धवल शम्शेर राणा नेपालगञ्ज उप–महानगरपालीकामा मेयरको पदमा बिजयी हुने निश्चित रहेको छ । बिपक्ष उम्मेदवारहरुलाई फराकिलो अन्तरले पछाडी पार्दै राप्रपाका उम्मेदवार डा. राणा मेयरमा दोस्रो पटक बिजयी हुनुहुने भएको छ ।
राजनितीक बिचार भन्दा पनि सरल र सहज ब्यक्तित्वका धनी राणा लाई नेपालगञ्जबासीले बिकासे हिरोको रुपमा हेर्न चाहेको बताउदै आएका छन ।

डा.धवल शम्शेर राणा श्रीमती र छोरीको साथमा

डा. धवल शम्शेर राणा राष्ट्रिय राजनितिमा देशभरीबाट निर्वाचनको सिट संख्याको आधारमा राप्रपा पार्टी बिलाई रहेको  समयमा मेयर पदका प्रत्यासी भएर धवल शम्शेर राणा नेपालगञ्जमा  चम्केका हुन । डा.धवल नेपालगञ्ज बासीले स्थानिय शासनमा ज्ञाताको रुपमा  नगरबासीले चुन्ने निश्चित अवस्था रहेको छ । त्यसका लागी राप्रपाका कार्यकर्ताको पनि मेहनत त छदै छ त्यो भन्दा पनि एमाले र कांगे्स पार्टीको तर्फबाट अनुकुल वातावरण नै मुख्य कारण  रहेको छ । नेपालगञ्जबासीको जनमतको उच्च कदर गदै आगामी कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दछु ।