एमाले, माओवादी र नयाँ शक्तिबीच ६ बुँदे सहमति,पार्टी एकता गर्ने औपचारिक घोषणा

१७ असोज, नेपालगञ्ज/ एमाले, माओवादी र नयाँ शक्तिबीच एउटै कम्युनिस्ट पार्टी बनाउने सहमति औपचारिक घोषणा भएको छ। ६ बुँदे सहमति पत्रमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचन्ड र नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले मंगलबार हस्ताक्षर गर्नुभएको छ । 

८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने सहमति नेताहरुबीच भएको छ। यस संयोजन समितिमा एमालेबाट ४ नेता, माओवादीबाट ३ नेता र नयाँ शक्तिबाट एक नेता सदस्य रहनुभएको छ ।  त्यस्तै दस्तावेज मस्यौदा समिति गठन गर्ने विषयमा पनि सहमति जुटेको छ। प्रदेश र संघको चुनावपछि विधिवत रुपमा पार्टी एकीकरण गर्ने घोषणा गरिएको छ।
एमाले र माओवादी केन्द्रबीच आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गर्ने घोषणा  राष्ट्रिय सभागृहमा मंगलबार सांझ औपचारिक घोषणा भएको  हो। चुनावी तालमेलको औपचारिक घोषणा कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली,माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल  र नयाँशक्ति नेपाल बाबुराम भट्टराई सहभागी थिए ।

नयाँशक्ति नेपाल, एमाले र माओवादीबीच चुनावी तालमेल र भविष्यमा  पार्टी एकीकरण गर्ने घोषणा भएको  छ ।  दुई ठूला पार्टीको गठबन्धनमा नयाँशक्ति नेपाल  पनि एउटै कम्युनिस्ट पार्टी बनाउने सहभागी भएको छ  । एउटै पार्टी बनाउने प्रतिबद्धता घोषणा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओली,नेकपा माओबादी केन्द्र अध्यक्ष प्रचण्ड, र नयां शक्ति केन्द्रका बाबुराम भटटराईले सम्बोधन गर्नु भएको थियो ।

पार्टी एकता कार्यक्रममा देश र जनताका निम्ती नेपालका कम्यूनिष्ट पार्टीहरु आवश्यक्ता बमोजिम एकिकरण अभियानमा उत्साहपूर्वक लाग्न घोषणा समेत गर्नुभएको छ ।

तीन पार्टीबीच पार्टी एकताको लागि भएको ६ बुँदे सहमतिको सारांश यस्तो छ : 

  • तीन पार्टीबीच एकीकरण गरी एउटै पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने ।
  • समितिमा एमालेबाट ४, माओावदीबाट ३ र नयाँशक्तिबाट १ नेता रहने । विस्तृत खाका र योजना यही समितिले तयार पार्ने ।
  • पार्टीको नीति र विधान तयार पार्न दस्तावेज मस्यौदा समिति गठन गर्ने । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि एकीकरण सम्पन्न गर्ने ।
  • अब बन्ने पार्टीको मुद्दामा बहस गर्न सकिने । सार्वजनिक रुपमा सार्वजनिक टिप्पणी र नकारात्मक टिप्पणी नगर्ने ।
  • आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा माओवादीलाई ४० र एमालेलाई ६० प्रतिशत हुने गरी तालमेल गर्ने ।
  • निर्वाचनमा साझा घोषणा पत्र तयार पार्ने । प्रतिनिधि सभा निर्वाचन घोषणा पत्र मस्यौंदा समिति तयार गर्ने ।
  • निर्वाचनमा तालमेलका लागि अन्य शक्तिलाई पनि आह्वान गर्ने ।