बाजुराको चुथीको जङ्गलमा चट्याङ लागेर ५२ भेडाको मुत्यू, रेडियो बार्जुको स्टेशनमा पनि ठूलो क्षति

९ माघ,बाजुरा/  सुदु पश्चिमको पहाडी जिल्ला बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ चुथीको जङ्गलमा चराउन लगिरहेका बेला चट्याङ लागेर मंगलबार एकै दिन ५२ भेडा मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

उक्त चट्याङ लागेर मुत्यू भएका भेडा बाजुरा बूढी नन्दा नगरपालिका वडा नम्बर ४ का राजेन्द्र रोकाया र दीपक धामीका रहेको जिल्ल प्रहरी कार्यालय बाुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनु भएको छ । । बाजुराको चुथीको जङ्गलमा एकै साथ चरिरहेका १ सय २३ वटा भेडाको बथाम मध्ये चट्याङ लागेर ५२ भेडा एक साथ घटनास्थलमा नै मरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले घटनास्थल पुगेको प्रहरी टोलीको घटनास्थल मुचुल्का उघउत गदै जानकारी दिनु भएको छ ।

चट्याङ मङ्गलबार साँझपख परेको भए पनि अत्यधिक हिमपात र वर्षाका कारण प्रहरी प्रतिवेदन सहित घटना अध्ययन प्रतिवेदन बुधबार मात्र तयार पारिएको भाटले जानकारी दिनुभयो ।

साझेदारीमा व्यवसाय सञ्चालन गरेका रोकाया र धामीको चट्याङका कारण कम्तीमा ५ लाख भन्दा बढीको क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
लेकाली भेगमा चिसो हुने भएपछि उनीहरुले चरिचरनका लागि भेडा चुथी ल्याएका थिए । ब्याउने सहितका भेडा भएकाले ठूलो मात्रामा नोक्सानी भएको उनीहरुको भनाइ छ ।

त्यसैगरि मंगलबारको चट्याङकै कारण रेडियो बार्जुको स्टेशनमा पनि ठूलो क्षति भएको छ । रेडियोमा रहेको ट्रान्समिटर, मिक्चर, दुई थान कम्प्युटरसहितका मेशिनरी सामानमा क्षति भएको सञ्चालक समिति अध्यक्ष माया शाहले बताउनुभयो । ट्रान्समिटर नै जलेका कारण रेडियोको प्रसारण सेवा पनि बन्द भएको छ । चट्याङकै कारण त्रिवेणी नगरपालिकामा पनि एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ । रासस