डोटी बोगटान जिप दुर्घटनामा हुँदा ९ जनाको मृत्यु, ४ घाइते

२१श्रावण, नेपालगञ्ज/ डोटी बोगटान गाउँपालिका–६ गगुडाको धार भन्ने ठाउँमा डोटीको बोगटान गाउँपालिकामा शुक्रबार राति सडकबाट जिप खस्दा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ  भने ४ जना गम्भिर घाइते भएका छन ।

अछाम बुढी गंगा नदीमा सरकारी लगानीबाट निर्माण हुन लागेको बुढीगंगा जलबिध्ुत आयोजनाको डुवान क्षेत्रमा पर्ने जमिनको मुआव्जा बुझ्नका लागि डोटी जिल्ला सदरमुकाम दिपाय, सिलगढी आएका उनीहरु मुआव्जा बुझेर फर्किने क्रममा दुर्घटनामा परेका हुन ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा बोगटान गाउँपालिका—१ सिमचौर चपरतोलाका ३५ बर्षीय बिष्णु बहादुर मगर, ५५ बर्षीय भिम घर्तिमगर,५० बर्षीय बुढो घर्ति मगर ४५ बर्षीय गोरख थापा ४८ बर्षीय शसिराम बहादुर पुनमगर,४५ बर्षीय ललीता देबी पुन,४० बर्षीय टेकबहादुर पुनमगर र ३० बर्षीय चन्द्रबहादुर घर्ति मगरको रहेका छन। दुर्घटनामा शिखर नगरपालिका–१,कपल्लेकीका २८ बर्षीय चालक बिष्णुबहादुर नेगीको पनि घटना स्थलमै मृत्यु छ ।

दुर्घटनामा दल बहादुर पुनमगर,हर्क पुनमगर,बिर वहादुर पुनमगर र प्रकाश घर्तिमगर घाईते भएका छन। जीपमा चालक सहित १६ जना सवार रहेकामा अन्य तीन जनालाई सामान्य चोट लागेको छ ।

कसैले आठ लाख, कसैले दश लाख, कसैले चार लाख बुझेका थिए । सवैका अनुहार उज्यालो थियो । गाउँमा रोपनीको एक लाख पनि मुस्किलले पाइन्थ्यो तर, उनीहरुले प्रति रोपनी एक लाख ९९ हजार मुआव्जा पाएका थिए ।

एकातिर आफ्नो जमिनको आकर्षक मुल्य पाएको खुशी, अर्कोतिर विद्युत आयोजना निर्माण भएपछि गाउँमा झिलिमिली हुने आशा । तर, उनीहरुको त्यो खुशी दैवलाई मन परेनछ । परिवारसँग खुशी बाँड्न नपाउँदै ९ जनाको ईहलिला समाप्त भयो ।

घाइतेहरुलाई सुजुुङ्ग पुर्‍याइयो

बोगटानमा भएको दुर्घटनाका घाइतेहरुलाई दिपायलस्थित सुजङ्ग अस्पताल पु¥याइएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका बिहान करीव १० वजे घाईतेहरुलाई अस्पताल पुर्‍याइएको हो ।
घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भिर भएका कारण उनीहरुलाई थप उपचारका लागि अन्यत्र रिफर गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
घटनाको छानबिन गर्नका लागि प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहको नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ । कच्ची बाटो, बर्खाको बेला रातीको समयमा भएको दुर्घटना के कारण भएको भन्ने बिषयमा प्रहरी टोलीले अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।