निर्माण ब्यवसायी पछी सुन व्यापारीको गोली हानी हत्या र डिस्टीलरीको गार्ड घाईते

२५ असोज, नेपालगञ्ज/  सर्लाहीको कविलासी नपा वडा ३ बस्ने २७ वर्षीया सुनील शाहलाई मंगलबार सांझ गोली हानी हत्या गरिएको छ।  भने डिष्टीलरीका सुरक्षा गार्डमाथी गोली प्रहार समेत भएको छ । दिनदहाडै काठमाडौंमा र्निमाण व्यवसायीको हत्या संगै आपराधीक गिरोह सक्रिय बनेका छन् ।  
सर्लाहीको पीडारीमा सुनचाँदी पुसल बन्द गरेर घर आउने क्रममा तीन जनाको अज्ञात समूले गोली हानी हत्या गरेको हो। शाहले हरिपुर नपाको पीडारी बजारमा सुन चाँदी पसल चलाउँदै आएका थिए । शाहको गाउँ पिपरियाबाट २ किलोमिटर रहेको छ । मोटरसाइकलमा आइरहेको बेला गाउँको बीचमा अज्ञात समूहले  सुनील शाहलाई गोली हानेको बुवा नागेन्द्र शाहले बताए।
नागेन्द्र शाहले भने, ’ हामी बाबुछोरा पसल बन्द गरेर आउँदै गर्दा गाउँको बीचमा अज्ञात समूहले मोटरसाइकल रोक्न लगायो र मसँग भएको गर-गहना माग्यो। तर मैले दिन नमानेपछि उनीहरुले गोली चलायो ।’ मृत सुनील शाहको शव पोष्टमार्टमको लागि मलंगवा अस्पतालमा ल्याइएको छ ।
लहानमा अज्ञात समूहले मंगलबार साँझ नै सप्तरीको सुरुगा नगरपालिकास्थित त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार गरेको छ । साँझ ७ बजेतिर आएको समूहले डिस्ट्रलरीको गेटमा बसिरहेका सुरक्षा गार्ड मोरङको सुन्दर हरैचा नगरपालिका ६ निवासी २५ वर्षीय नवराज कोइरालामाथि गोली प्रहार गरेका हुन्। गोली लागेर घाइते भएका सुरक्षागार्ड कोइरालालाई उपचारको लागि लहान स्थित सप्तऋषि नर्सिङहोम पठाइएको इप्रका कडरबोनाका प्रहरी निरीक्षक देवेन्द्र दासले
जानकारी दिनुभएको छ ।
प्रहरीको देश ब्यापी गुण्डा नाईकेहरुको देश ब्यापी सफायाअयिान अप्रेशन चलाइरहेको को अवस्थामा गुण्डा नाईकेहरुले पनि दशै तिहारको मौका पारी आफना क्रियाकलाप सक्रिय पारेको उपरोक्त घनाहरुले पुष्टि गरेको छ ।