कोहलपुरको दशबिघामा आगलागी र सिलिण्डर बिस्फोट

#  रबिन्द्र सिह ठकुरी  #
२१ पुस,कोहलपुर/  बांकेको कोहलपुर नगरपालीका वडा नम्वर ५ स्थित दशबिघामा शुक्रबार सांझ करीब ७ बजेको समयमा शर्मिला चौधरीको घरमा आगलागी भएको छ । 
बच्चाहरुले खाना पकाउन लको समयमा परिवारका सदस्यहरु घरको आगनमा बसिरहेको समयमा एक्कासी आगलागी हुदा खाना पकाउन प्रयोग गरिएको ग्यास सिलिण्डर पनि बिस्फोटन भएको छ ।
सांझपख बच्चाहरुले खाना पकाउने क्रममा ग्यास बन्द गर्न बिर्सिैको कारणले ग्यास लिक भएर आग लागी भएको हुनसक्ने घरका सदस्यहरुले अनुमान गरेका छन ।
आगलागीबाट नगद ४५ हजार रुपैया, २ तोला सुनका गहना, दराज, टेबल, लत्ता कपडा समेत जलेर नष्ट भएका छन ।
आगलागी बासिन्दा, शसस्त्र, जनपद प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको र आगलागीबाट पिडित परिवारहरु घरको सम्पूर्ण लत्ता, कपडा जलेर नष्ट भएपछी त्यही जलेर ध्वस्त भएको घरको आगो तापेर पुसको जाडो कटाउनुपर्ने अवस्था आएको आगलागीबाट पिडित परिवारकि सदस्यहरुले बताएका छन ।

सम्बन्धित शीर्षक