प्रदेश प्रमुखहरुको सेवा सुबिधा सम्वन्धी विधेयक पारीत

२८ असोज,नेपालगञ्ज/ व्यवस्थापिका संसदको शुक्रबारको बैठकले प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक बहुमतले पारित गरेको छ।  पारीत गरिएको विधेयक अनुसार प्रदेश प्रमुखहरुले मासिक ६४ हजार रुपैयाँ तलब पाउने भएका छन् भने मासिक रुपमा ४० हजार अतिथि सत्कार भत्ता पाउने भएका छन्। 

उक्त विधेयकअनुसार प्रदेश प्रमुखलाई सरकारी आवास र गाडी तथा सचिवालयसहितको सुविधा दिइएको छ। विधेयकमा मासिक ६४ हजार पारिश्रमिक, ४० हजार अतिथि सत्कार खर्च र वार्षिक १८ हजार रुपैयाँ पोसाक भत्ता पाउने व्यवस्था गरिएको छ।

प्रदेश प्रमुखलाई १५ लाख पैयाँको बिमा सुविधा दिइएको छ भने भ्रमण भत्तामा स्वदेशभित्र दैनिक ३ हजार रुपैयाँ र विदेशमा ३ सय अमेरिकी डलर दिने व्यवस्था गरिएको छ। प्रदेश प्रमुखले एक दर्जन कर्मचारीसहितको सचिवालय राख्न पाउनेछन् भने निजी चिकित्सक र विज्ञ पनि नियुक्त गर्न पाउनेछन्

सम्बन्धित शीर्षक