बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा १ सय १२ को उम्मेदवारी दर्ता, उम्मेदवारी दिनेहरुको विवरण सहित..

बांकेमा नेपालगञ्ज स्थित निर्वाचन कार्यालयमा बाम गठबन्धन उम्मेदवारी दिन जादै । फोटो : रुद्ध सुबेदी

१६ कात्तिक, नेपालगञ्ज / आगामी मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभामा १सय १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बाँकेमा सबै भन्दा बढी क्षेत्र नं. २ र सबै भन्दा थोरै क्षेत्र नं. ३ मा उम्मेदवारी परेको छ ।
जिल्ला निर्वाचन प्रमुख अधिकृत तथा जिल्ला न्यायाधिस बिष्णु सुवेदीले निर्वाचन क्षेत्र अनुसार क्षेत्र नं. १ मा ३५ जना, क्षेत्र नं. २ मा सबै भन्दा बढी ४८ जना र क्षेत्र नं. ३ मा सबै भन्दा थोरै २९ जनाले आफ्नो मनोनयन पत्र दर्ता गराएको जानकारी दिनुभएको छ ।

प्रमुख जिल्ला निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिस सुवेदीले बाँके निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभामा १३ जना, प्रदेश सभा निर्वान क्षेत्रनं. १ (कं) मा १३ जना र क्षेत्र नं. १ (ख) मा १० गरी ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

यसैगरी बाँके निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभामा १९ जनाले उम्मेवारी दिएका छन् । यसमा ६ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभाको निर्वाचन क्षेत्र नं. २ (क)मा ३ स्वतन्त्र सहित १४ जना, क्षेत्र नं. २ (खं)मा स्वतन्त्र २ सहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृत प्रमुख सुवेदीका अनुसार बाँके निर्वाचन क्षेत्र नं.३ मा प्रतिनिधि सभाको लागि ८ जना, प्रदेश सभाको क्षेत्र नं. ३ (क)मा १० जना र ३ (ख)मा ११ जनाले उम्मेदवारी दिएका छन् ।

बांकेमा उम्मेदवारी दिनेहरुको विवरण….

बाम गठवन्धनबाट क्षेत्र नम्वर १ प्रतिनिधी सभा सदस्यको लागि  महेश्वर गहतराज, निर्वाचन क्षेत्र नम्वर २ मा पशुपति दयाल मिश्रा, निर्वाचन क्षेत्र नम्वर ३ मा नन्दलाल रोकाय रहनु भएको छ । गहतराज माओवादी केन्द्र, मिश्र स्वतन्त्र राजनीतिक समूह र रोकाय एमालेबाट उम्मेदवारी दिएका हुन ।

त्यसैगरी बाम गठवन्धनबाट प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र नम्वर १क मा माओबादी केन्द्रले कृष्णा केसी नमुना १(ख) मा एमालेकी आरती पौडेल, निर्वाचन क्षेत्र नम्वर २(क) मा माओवादी केन्द्रका कामता खटिक २(ख) मा एमालेका बिजय गुप्ता, निर्वाचन क्षेत्र नम्वर ३(क) माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल (आई.पी)., ३ (ख) मा एमालेका बाबुराम गौतमले मनोनयन दर्ता गरेका छन् ।

बांकेमा नेपालगञ्ज स्थित निर्वाचन कार्यालयमा लोकतान्त्रिक गठबन्धन उम्मेदवारी दिन जादै ।

त्यसैगरी लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्वर १ प्रतिनिधी सभा सदस्यको लागि नेपाली काँग्रेसका माधव राम के.सी, क्षेत्र नम्वर २ मा राप्रपाका ओमप्रकाश आजाद र क्षेत्र नम्वर ३ मा नेपाली काँग्रेसका बादशाह कुर्मीले मनोनयन दर्ता गराएका छन् ।

प्रदेश सभाका लागि बांके क्षेत्र नम्वर १क बाट शरद बर्मा, १ख बाट नारायण प्रसाद गौडेल, क्षेत्र नम्वर २क बाट निरञ्जन सिह सिजापती २ख बाट सुरेन्द्र हमाल, क्षेत्र नम्वर ३क बाट चन्तराम थारु, ३ ख बाट लक्ष्मीनारायण शाहले गठवन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राष्ट्रिय जनता पार्टी र संघिय समाजबादी फोरम नेपाल केन्द्रमा गठबन्धन निर्माण गरी निर्वाचनमा खडा भएको भएपनि बाँकेमा भने पार्टी एक्ला एक्लै भिडद छन् ।

संघिय समाजबादी फोरम नेपालको क्षेत्र नम्वर १ बाट प्रतिनिधी सभा सदस्यको लागि लाल बहादुर शाह, क्षेत्र नम्वर २ बाट मो. इस्तियाक राईन र क्षेत्र नम्वर ३ मनोजकुमार दिक्षीत रहेका छन ।  

संघिय समाजबादी फोरम नेपालको प्रदेश सभाका लागि बांके क्षेत्र नम्वर १क बाट कमसर खाँ १ख बाट रमेश यादव, क्षेत्र नम्वर २क बाट बिजयबहादुर यादव, २ख बाट दुर्गेश बैश्य गुप्ता, क्षेत्र नम्वर ३क बाट बलराम यादव,३ख बाट राम सोहन कुर्मि रहेका छन ।

त्यसैगरी राष्ट्रिय जनता पार्टीबाट निर्बाचन क्षेत्र १ ख बाट राम कुमार दिक्षित, निर्वाचन क्षेत्र नं. २ बाट विजय कुमार गुप्ता, प्रदेस सभा २क आषिश कुमार गुप्ता, २ ख बाट कौशल कुमार मिश्र, क्षेत्र नं. ३ बाट फैसल अन्सारी, ३क बाट देवेन्द्र नाथ शुक्ल, ३ख राजेश बर्माले मनोनयन दर्ता गराएका छन् ।  

यसैगरी विवेकशिल साझ पार्टीबाट बाँंकेको क्षेत्र नम्वर २ बाटै नगेन्द्र कुवरले प्रतिनिधी सभा सदस्य र डा.बिनोद कर्ण २ख को प्रदेश सभा सदस्यको लागि मनोनयन दर्ता गरेका छन् ।

नयाँ शक्ति पार्टी नेपालबाट प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट बुधबहादुर सुनार, २ बाट बेदप्रसाद आचार्य र ३ बाट बिरेन्द्र पुन रहेका छन् । प्रदेस सभा तर्फ १क निसिम खां, २क फकरुल्ला पठान २ ख बाट सुनिल कुमार सिघंल अग्रवाल, ३क बाट मोहन चन्द ३ख बाट मोहम्मद अख्तर खां रहेका छन् ।

त्यसैगरी प्रतिनिधी सभा सदस्यमा बांके क्षेत्र नम्वर २ बाट पत्रकार शिब डोटेलले उम्मेदवारी दिनु भएको छ । माओबादीबाट मुग बहादुर शाहले उम्मेदवारी दिनुभएको छ । बांके क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्यको १ क मा माओबादी कै अम्मर बहादुर खडकाले पनि स्वतन्त्रबाट उम्मेदवारी दिनु भएको जानकारी दिनु भएको छ ।

मनोनयन दर्ता भएकाहरुको आधिकारीक विवरण…clicks here  

मनोनयन दर्ता भएका हरुको आधिकारीक विवरण प्रदेश सभा तर्फ

मनोनयन दर्ता भएका हरुको आधिकारीक विवरण प्रदेश सभा तर्फ २ख