नेपालगञ्ज भन्सार र प्रहरी बीच आपसी बिश्वास र समन्वयको अभाव : भेरीका एसएसपी र भन्सार प्रमुख विवादमा :

१८ कात्तिक नेपालगञ्ज/  नेपाल सरकारका आधिकारीक दुई निकाय नेपालगञ्ज भन्सार कार्यालय र नेपाल प्रहरी बीच लामो समय देखी आपसी बिश्वास र कार्य समन्वयमा अभाव देखिदै आएको छ । 

गत शनिवार करिब ७:३० बजेको समयमा युपी ३६ टी ७३०७ नं।को भारतीय ट्रक भारतबाट कृर्षि सम्वन्धी मेशिनरी समान बोकेर नेपाल आएको र नेपालगञ्ज–जमुनहा सडक खण्डको चौलिकामा रोकी राखेको अवस्थामा नेपाल प्रहरीले पक्राउको घटनाले दुबै निकायको आपसी समन्वय र बिश्वासमा थप बिग्रह पारेको छ ।

उक्त घटनामा दुबै पक्षले आ–आफनो काम सहि रहेको दाबी गदै आएका छन । घटना अनुसन्धानको क्रममा लामो समय देखी दुबै निकाय बीच आपसी समन्वय र बिश्वासको कमि रहि रहेको समयमा शनिबार सांझ भारतको दिल्लीबाट हैदराबाद हुदै नेपालको नेपालगञ्ज स्थित दुर्गेश्वरी ईलेक्टिकल्स एण्ड सप्लायर्सकोे नाममा रहेको समान भारतिय एक ट्रान्सपोर्ट कम्पनीबाट समान लिएर नेपालगञ्ज तर्फ आएको युपी ३६ टी ७३०७ न. को भारतीय ट्रक सिमावर्ती बजार रुपैडियामा सुचिकरण गरेर नेपालगञ्ज तर्फ आएको थियो ।  

नेपालगञ्ज भन्सार कार्यालयमा सांझको समयमा डिउटीमा रहेका कर्मचारी सांझको नास्ता खान बेरियल नजिकै रहेको एक झुपडीवाल पसलमा गएको समयमा नेपालगञ्जमा पहिलो पटक आएका उक्त ट्रक चालकले भन्सारमा कसैले नरोके पछी सरासर चौलिकामा आएर ट्रक रोके ।

केही बेर नास्ता खाएर नेपालगञ्जको भन्सार कार्यालय कहां छ भनि स्थानियलाई सोध–पुछ गर्ने क्रममा उक्त ट्रकमा आएको समान भन्सार नगराई चौलिका सम्म आएकाले पहिले डिआईजी कार्यालय बसेको ठाउंमा रहेको भेरी अञ्चल प्रहरी कार्यालय हुदै हाल संघिय प्रहरी इकाई कार्यालयको नाममा रुपान्तरण भएको कारकादोबाट परिचालित सादा पोशाकका प्रहरीले थाह पाए ।

नेपालगञ्ज भन्सार नगरेर करीब ७ सय मिटर नेपाल छिरेको उक्ट ट्रकलाई सादा पोशाकका प्रहरीले महेन्द्र बहुमुखी क्याम्पस नजिकै रहेको चौलिक्का नजिक सडककै किनारामा नियन्त्रणमा लिएर तुरुन्तै आफनो माथील्लो निकायमा खबर गरेका थिए ।

भन्सार नगराएर समान सहित ट्रक पक्राउ गरेको र उक्त समान अन्दाजी ६० लाख सम्मको रहेको संघिय प्रहरी इकाइ कार्यालयमा रहेका बरिष्ट प्रहरी उपरीक्षक पदमा आसिन महेश बिक्रम शाहले बताउनु भएको भनि समाचार बिभिन्न सञ्चार माध्यममा आएको थियो ।

घटनाको लगत्तै केही सञ्चारकर्मिहरुलाई बोलाएर महेश बिक्रम शाहले आइतबार भारतबाट समान लिएर आएको ट्रक आफनो निकायले पक्राउ गरेको र उक्त पक्राउ परेको समान र ट्रक सहित करीब ३० लाखको रहेको अन्य थप अनुसन्धान भइरहेको पत्रकार सम्मेलन गरि बताउनु भएको थियो ।

्बिना भन्सार समान सहित भारतबाट आएको ट्रक प्रहरीले पक्राउ गरेको बिषयमा नेपालगञ्ज भन्सारमा कार्यरत कर्मचारीहरुको सेटिड.मा ठुलो परिणाममा सबै मिलेर यस्तो गलत कार्य गर्ने गरेको आशयको समाचार सञ्चार माध्यममा आएपछी दुबैले आ–आफनो तर्फबाट उक्त घटनाको छानबनि गरेका छन ।

नेपालगञ्ज भन्सार कार्यालयले  घटनाको छानवीनको क्रममा भारतबाट समान लिएर आएको उक्त ट्रक सांझको समयमा बेरियल खुल्लै रहने समयमा भन्सारका कर्मचारी दिनभरी डिउटीमा बसेर नास्ता खान गएरको समयमा कसैले नरोक्दा सरासर चौलिक्कामा गएर भन्सार कार्यालय भएको ठाउं सोध–पुछ गरेको पाइएको छ ।
ट्रान्सपोर्टबाट समान आएकाले भन्सार छलीको नियत अनुसन्धानको क्रममा नदेखीएको तर उक्त चालकले भन्सार गेट नाघेर गल्ती गरेको र त्यस क्रममा केही त्रुटी भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख बताउनु भयो ।

भारतबाट ल्याईएको उक्त समानका बिषयमा प्रमुख भन्सार अधिकृत जनार्दन आचार्यले भन्सार छलीको कुनै मिलेमतो नरहेको तर भन्सार गेटमा केही त्रुटीका कारण उक्त घना भएको जानकारी दिनु भयो । भन्न्सारको तर्फबाट गरिएको छानबीनमा गेटमा मानबीय त्रुटी रहेको तर मिलेमतोमा समान निकासी भएको भने कुनै किसीमले नभएको छानवीनको क्रममा पाइएको दाबी गर्नुभयो ।

उहांले हाल विवादमा आएको समानको भन्सार समानको मुल्यको ४ प्रतिशत मात्र रहेकाले यती थोरुै मुल्य भन्सार रहेको समान भन्सार छलीको नियतले गएको भन्ने अवस्था नरहेको बताउनु भयो ।

समाचार प्रति रोष

भन्सारमा समान आयात तथा निर्यात गर्दा बिभिन्न समयमा भएका विवाद र आरोपका बिषयमा बुझन गएको समयमा पत्रकारहरुसंग समेत हाल भन्सारको सञ्चार अधिकृत तोकीय ब्यक्ती देखी प्रमुखले समेत अन्य मिडियामा प्रहरीको हवाला दिएर लेखेको समाचार प्रति अमर्यादित तरिकाले रोष प्रकट गरेका छन ।

सर्पको खुटटा सर्पले देख्छ

सर्पको खुटटा सर्पले देख्छ भन्ने नेपाली उखान झै दुबैले भन्सारमा बिभिन्न किसिमका समान आयात तथा निर्यात गर्दा भन्सारमा बस्तुहरुको मुल्य,गुणस्तर तथा परिणाममा हेरफेर गरि ब्यापारबिाट अनावश्यक लाभ लिने कार्य दुबै पक्षलाई लाग्दै आएको छ ।
नेपाल प्रहरी स्रोतले बिगत लामो समय देखी भन्सार गेट बाटै बिभिन्न किसिमका समान भन्सार छलि गरेर समान भित्रिएकोमा प्रहरीले बजारबाट समान पक्राउ गरि कार्बाहीका लागी पठाएको जानकारी दिएको छ ।

  • गत बर्षको फागुनमा कनिकाको नाममा भारतिय न्यून गुणस्तरको चामल कनिकाको नाममा भन्सार गराएर भित्तयाउदै गरेको क्रममा प्रहरीले पक्राउ गरि भन्सारमै बुझाएको थियो ।
  • सोही समयमा ४ सय बोरी आलु ल्याएर २ सय बोरी आलुको भन्सार गरेको थियो ।
  • करीब १८ क्वीन्टल जिउदो माछा मा थोरै भन्सार नगराएर नेपाल भित्रीएको प्रहरी स्रोतले बताएको छ ।
  • स्रोतले केही दिन अघि मात्र भन्सार सेटिड.मा भारतबाट मसिनले पेलेको मासु आयात गरिएको तर भन्सार नगरेर ल्याएकोमा कसैलार्य कार्बाही नगरेको र उक्त कार्य गरे बापत काठमाण्डौंमा भन्सारका कर्मचारीले ब्यापारबिाट पैसा लिने गरेको भिडीयो क्लिक्स समेत स्रोत संग रहेको दाबी गरेको छ ।

राजश्व अनुसन्धान कार्यालयमा पनि भ्रष्ट

त्यसैगरी नेपाल प्रहरीले भन्सार छली गरी भित्रिएका समान पक्राउ पछी सम्वन्धीत नेपालगञ्ज भन्सार कार्यालयलार्य नै कार्वाही प्रक्रिया दिनुपर्नेमा त्यहां मिलेमतो आशंकामा प्रहरीले कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालयलाई बुझाउने गरेको छ ।
कोहलपुर स्थित मध्य तथा सुदुर पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयमा पनि कार्यरत कर्मचारी भ्रष्ट रहेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुर स्थित क्षेत्रीय कार्यालयले २ जनालाई घुस लिदै गरेको अवस्थामा रंगे हाल पक्राउ गरी  कार्बाहीका लागी यस अघि नै बिशेष अदालत काठकाण्डौमा मुद्धा दायर गरि ति कर्मचारी निलम्बनमा परेका छन ।

केही समय अघि नेपालगञ्जको त्रिबेणी चौकमा पक्राउ परेको सुन गहना सहितको ब्यापारी बाट जफत गरिएको सुन गलाउदा ९ सय ग्राम रहेकोमा १ सय ग्राम देखाएर ततकालीन कोहलपुर राजश्वका ब्यक्तीहरु समेतले खाएका थिए स्रोतको दाबी  छ ।

उक्त काम फत्ते गर्न सुनचांदी ब्यवशायी संघ कोहलपुरलार्य प्रयोग गरिएको स्रोतको दाबी रहेको छ  । संघको चिटठीमा पक्राउ परेको गहनाबाट १ सय ग्राम मात्र सुन रहेको लेख्न लगाइएको थियो । संघले पनि गहनाको मुख्य ब्यापरी नभई सामन्य ब्यापारी फसेकाले उक्त सुन मायां मार्न लगाएर सुन बांडचुड गरेर खाएको स्रोतको दाबी रहेको छ ।

नेपालगञ्जको पछील्लो घटना पछी सामान र ट्रक विना सर्त प्रहरीले छाड्नु पर्ने मागसहित नेपालगञ्ज भन्सारमा भन्सार सहयोगी कार्य गर्दै आएका भन्सार एजेन्टहरुले केही दिन भन्सार ठप्प पारेका थिए । उनीहरुले काम ठप्प पारेका कारण राजस्व संकलनमा समेत प्रभावित भएको थियो ।

‘भारतीय चालक र सहचालकले मात्र ट्रक लिएर नेपाल प्रवेश गरेको उनीहरुले भन्सार काँहा हो भन्ने थाहा नपाएको कारण ट्रक अगाडि बढेर पर्खेको बेलामा प्रहरीले पक्राउ गरेकोले आन्दोलन गर्नु परेको हो’– भन्सार एजेन्टहरुले बताएका छन ।
संघीय प्रहरी ईकाई नेपालगञ्जले  भारतीय ट्रक ईलेक्टोनिक्स र मेसिनरी समान सहित बिना भन्सार नियन्त्रणमा लिएको, उक्त सामान नेपालगञ्जको दुर्गेश्वरी ईलेक्टिकल्स एण्ड सप्लायर्सको रहेको र आवश्यक कार्बाहीका लागी कोहलपुर स्थित मध्य तथा सुदुर पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयमा पठाइएको बताइएको जानकारी दिएको छ।  ट्रकमा आएको समानको भन्सार क्लियरन्स एजेन्ट मार्फत हुने भन्सार स्रोतले बताएको छ ।  कोहलपुरमा रहेका उक्त ट्रक चालक र समान कोहलपुरमै रहेको र थप अनुसन्धान प्रक्रिया जारी रहेको स्रेतले बताएको छ ।

प्रहरीले नेपालगञ्ज भन्सार क्षेत्रमा  यस्ता घटना बारम्बार दोहरीरहेको दाबी गरेको छ । भन्सारले भने सामन्य त्रुटी रहेको बताएको छ । दुबै निकाय बीच आपसमा बसेर आपसी बिश्वास र समन्वयको बातावरण बनाउनु पर्ने उपरोक्त घटनाक्रमले देखाएको छ ।

 

सम्बन्धित शीर्षक