बांके जिल्लामा ९ स्थानको लागी १ सय ३ जना प्रतिस्पर्धामा, ९ जनाको उम्मेदवारी फिर्ता, २ जना स्वतन्त्र उम्मेदवार पनि भिडने

२० कात्तिक,नेपालगञ्ज/  आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएकाहरुलार्य आइताबार अन्तिम नामावली प्रकाशन गर्दै सबै उम्मेदवारलाई आइतबार नै चुनाव चिन्ह उपलब्ध गराएको छ । 

गत कात्तिक १६ गते प्रदेश सभा र प्रतिनिधि सभाको लागि बाँकेमा १ सय १२ जनाले उम्मेदवारी दर्ता गरेकोमा बाँकेमा ९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन । अब १०३ जना उम्मेदवार कायम भएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिनुभएको छ ।

बांके जिल्लाबाट उम्मेदवारी फिर्ता लिनेहरु…….

निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार नेता कृष्ण कार्की
निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार सबिर खाँ
निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार सुरेशकुमार चौधरी
निर्वाचन क्षेत्र नम्बर १ मा प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवार अम्बर खडका
निर्वाचन क्षेत्र नम्बर १ मा प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवार हेम कुमार यादव
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार मुगबहादुर शाह
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार धु्ब प्रसाद दाहाल उम्मेदवार
निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवार सरोज कुमारी यादव
निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा १ बाट शकुन्तला पुन उम्मेदवारी फिर्ता लिएकी छन ।

स्वतन्त्र उम्मेदवार कायम रहेका

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार शिव डोटेल र निर्वाचन
क्षेत्र नम्बर ३ प्रदेशसभा २ का स्वतन्त्र उम्मेदवार विजय पाठक

४४८२ जना उम्मेदवारले पाए चुनाव चिन्ह : २६५ जनाको खारेज !

मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये ४ हजार ४८२ जना उम्मेदवाहरुले निर्वाचन चिन्ह पाएका छन् । उम्मेदवारी फिर्ताको अन्तिम दिन आज ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले चिन्ह प्रदान गरेको हो ।

कात्तिक १६ गते प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । उक्त उम्मेदवारहरुको कुल संख्या ४,७४७ कायम गरी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जम्मा ४,४८२ जना उम्मेदवारहरुलाई निर्वाचन प्रदान गरेको हो । दुई जनाको उम्मेदवारी रद्द, चारजनाको दाबी विरोधबाट खारेज र २५९ जनाले उम्मेदवारी फिर्ता गरेका थिए ।  २६५ जना नाम उम्मेदवारहरुको सूचीबाट हटेको आयोगले जनाएको छ ।

निर्वाचन चिह्न प्रदान गरिएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले सोमबारबाट प्रचार प्रसार सुरु गर्न मिल्ने आयोगले जनाएको छ । उम्मेदवारहरुको विवरण आयोगको इसीएन मोवाइल एप्स तथा आयोगको रिजल्टडटइलेक्सनडटएनपी  बाट थाहा पाउन सकिनेछ