मतदान अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएपछि तोडफोड !

२१ मंसिर,अर्घाखाँची/ अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर ५ मा को मथुरा माविको ‘ख’ केन्द्रमा मतदान अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै  तोडफोड भएको छ ।

मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै मतदाताले बुथ तोडफोड पनि गरेका छन् । अहिले मथुरा माविको ‘ख’ केन्द्रमा मतदान पुनः सुरु गर्न प्रयास भैरहेको छ ।