एमाले र माओबादी एकीकृत पार्टीको अन्तरिम विधान र सांगठनिक स्वरूपको प्रारम्भिक खाकाका बिषयमा कार्यदल बीच छलफल जारी

२० आईतबार, नेपालगञ्ज/ एमाले र माओवादी केन्द्र बीच ले पार्टी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक संरचनाबारे छलफल भइरहेको छ । संघीय ढाँचाअनुसार केन्द्रीय कमिटीको आकार र संरचना बनाउने गरि छलफल चलिरहेको नेताहरुले जानकारी दिनुभएको छ ।

एकीकृत पार्टीको केन्द्रीय कमिटीमा अधिकांश एमालेबाट कार्यदलमा रहेकन नेताहरुलृ १ सय ५० र माओबादीबाट ३ सय ५० सदस्यीय बनाउने भन्ने बिषयमा छलफल चलिरहेको कार्यदलका सदस्यहरुलेले बताउनु भएको छ ।
फागुन २५ भित्र एकीकृत पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदनसँगै अन्तरिम विधान र सांगठनिक स्वरूपको प्रारम्भिक खाका तयार हुनेगरी दुईवटा छुट्टाछुट्टै कार्यदलले गृहकार्य गरिरहेका छन् ।

गत  फागुन ७मा पार्टी एकीकरणका लागि दुई पार्टीबीच भएको सातबुँदे सहमति अनुसार १० फागुनमा दुई कार्यदल गठन भएका थिए ।
राजनीतिक कार्यदलमा एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपालसहित भीमबहादुर रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त तथा माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, फम्फा भुसाल र देवेन्द्र पौडेल हुनुहुन्छ ।

यस्तै, अन्तरिम विधान र संगठनसम्बन्धी कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र रघुवीर महासेठ तथा माओवादीबाट रामबहादुर थापा, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल र मातृका यादव सदस्य हुनुहुन्छ ।

दुवै कार्यदलले दुई चरणको बैठक सकाएर उप(समितिहरूमार्फत् अनौपचारिक गृहकार्य गरिरहेका छन् । यी दुवै कार्यदलले प्रस्ट खाका बनाइसकेपछि पार्टी एकता संयोजन समितिबाट अनुमोदन गरी एकता घोषणासभाको मिति तय गरिने तयारी छ । नेताहरूले २५ फागुनभित्र खाका तयार गरी ढिलोमा चैतको पहिलो साताभित्र एकता घोषणासभा गरिसक्ने बताउँदै आएका छन् ।

अहिले हामी मस्यौदा कस्तो बनाउने छलफलमै रहेकाले कुनै निक्र्यौलमा पुगिसकेका छैनौँ’, कार्यदलका सदस्य एमाले सचिव गोकर्ण विष्टले भन्नु भयो ।

एमालेका २२ र माओवादीका २४ वटा जनसंगठन छन् । एकीकरण भएपछि जनसंगठनको नेतृत्व बाँडफाँट मिलाउन कार्यदल सदस्यहरूबीच अनौपचारिक छलफल चलिरहेको छ ।

२२ फागुनमा बस्ने कार्यदल बैठकमा एकीकृत पार्टीको अन्तरिम विधान, केन्द्रीय कमिटी र जनसंगठन एकीकरणको नीति र विधिसम्बन्धी मस्यौदा प्रस्ताव पेस हुने एमाले सचिव गोकर्ण विष्टले बताउनु भयो। उहांका अनुसार मस्यौदा माथि छलफल सुरु भएपछि मात्र संख्याको पनि निक्र्यौल हुँदै जानेछ ।
कार्यदलका तर्फबाट नेताद्वय बेदुराम भुषाल र वर्षमान पुनले अन्तरिम विधानको तयारी गरिरहन’ भएको छ भने गोकर्ण विष्ट र गिरिराजमणि पोखरेलले जनसंगठनहरूको एकीकरणसम्बन्धी नीति र विधिको गृहकार्य गरिरहन’ भएको बताउनु भएको छ ।

संघीय ढाँचाअनुसार एकीकृत पार्टीको सांगठनिक स्वरूप र संरचना मूल नेतृत्वसहित आठ तहको बनाउने तयारी कार्यदलले गरेको छ । जसअनुसार सह-अध्यक्षबाहेक सबैभन्दा माथि स्थायी समिति, पोलिटब्युरो, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, महानगर,उपमहानगर,नगर, गाउँपालिका र वडा कमिटी बनाइनेछ ।