निर्मलाको मृत्यु निजको सम्पती भएकाले त्यसतर्फ अनुसन्धान गर्नु: जिल्ला न्यायाधिवक्ता

१७ मंसिर, नेपालगञ्ज/ नेपालगञ्ज परसपुर की ५२ वर्षिय निर्मला कुर्मिको करोडौंको जग्गा हतियाउन निर्मलाको शरीर बन्धक-अपहरण तथा कर्तब्य ज्यान मुद्दा हाल अनुसन्धानको क्रममा छ ।

निर्मलाको शरीर बन्धक-अपहरण तथा कर्तब्य ज्यान मुद्दा बाँके जिल्ला सरकारी वकिलको कार्यालय मार्फत सरकारवादी मुद्दामा दर्ता भई अभियुक्तहरु नाटकिय शैलीमा पक्राउ परी बयान दिएर हाल हाजीरी-जमानीमा थुनामुक्त भएका छन।

घटनाको पहिलो संक्षिप्त जाहेरी ।
मुद्दा किटानी आरोपित अभियुक्त हरु जसमध्य केही आरोपित दोष मुक्त र केही थपिएका छन।

ततकालीन परसपुर गाविस हाल नेपालगञ्ज उप-महानगरपालीका नम्बर १७ बाट निर्मला बेपत्ता रहेकाले निजको घर-जग्गाको सिफारिस नदिएकाले तत्कालीन गाविस सचिव एवम अध्यक्ष परशु राम शुक्ला लाई मार्ने सम्मको धम्की दिएर सिफारिस लिएको लिखित उजुरी पनि फेला परेको छ ।

कैफियताका साथ जोडतोडले उठाइएको उक्त मुद्दाको सर्वोच्च सम्मको सेटिङ्गमा डिसमिस पार्ने उन्मुख आशंका गरिएको छ।

उक्त मुद्दामा बाँके जिल्ला सरकारी वकिलको कार्यालयले निर्मलाको सम्पती तर्फ पनि अनुसन्धान गर्न निर्देशन दिएको छ।

निर्मलाको मृत्युको मुख्य कारक जग्गा भएको खुल्न आएकाले निर्मलाको जग्गा के-कस्तो जालझेल बाट ब्यक्तिको नाममा गएको हो वा होइन सो तर्फ समेत अनुसन्धान गर्नु भनी जिल्ला न्यायाधिवक्ता वासुदेव शर्मा द्वारा हस्ताक्षरति पत्रमा लिखित निर्देशन दिएको अवस्था छ ।

प्रहरीलाई थप अनुसन्धान गर्न सरकरी वकिलको  कार्यालयले दिएका निर्देशनहरु……

प्रहरी को अनुसन्धान पछी सरकारी वकिलको कार्यालयमा बाँके प्रहरीले पेश गरेको मिशिल अध्ययन पछी थप अनुसन्धान का लागी दिएकी निर्देशन ‘

निर्मला बेपत्ता रहेकाले निजको घर-जग्गाको सिफारिस नदिएकाले तत्कालीन गाविस सचिव एवम अध्यक्ष परशु राम शुक्ला लाई मार्ने सम्मको धम्की….

निर्मला बेपत्ता रहेकाले निजको घर-जग्गाको सिफारिस नदिएकाले तत्कालीन गाविस सचिव एवम अध्यक्ष परशु राम शुक्ला लाई धम्की….

पैसा पाएपछी मिलेमतो-सेटिङममा जे पनि गर्ने ! अपराध जगतको सनसनी पूर्ण नमुना योग्य घटनाको सम्पूर्ण अध्ययन अनुसन्धान पछि आधिकारीक बिवरणहरू क्रमशः …

निर्मलालाई शरीर बन्धक-अपहरण तथा कर्तब्य ज्यान मुद्दाका मुख्य आरोपित मध्यका ततकालिन संविधान सभा सदस्य बादशाह कुर्मिले  आफनो घरमा लगेर यातना दिएको निर्मलाको बयानको video clips साथमा निर्मलाको हत्या गर्न ७ जना रहेको  आँखो देखी पेटबोली बयान को अडियो पनि….